Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा

२०७४, ६ मंसिर बुधबार ०७:१३

मङ्सिर ६, सिन्धुली  । सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवद्र्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् । 

विशेषगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको वाम गठबन्धनले स्थानीय रुपमा साझा प्रतिबद्धता पत्र घोषणा गर्दै धरान– चतरा वैकल्पिक मार्गसँग जोडने गरी शाखा सडक सञ्जाल निर्माण गरिने र मध्यपहाडी लोकमार्गको रत्नावती तीनखण्डे– महादेवडाँडा– अरुणठाकुर– दूधौली– खोक्सा सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने जनाएको छ । 

घोषणा पत्रमा खनियाँखर्क– बाहुन तिल्पुङ– महादेवडाँडा– गहुँबारी सडकलाई पनि स्तरोन्नती गरी कालोपत्रे गर्ने, सुनकोशी नदीको पानी लिप्mटिङ गरी सिँचाइ गर्ने र पाँच वर्षभित्र सबै वडाका प्रत्येक घरमा विद्युत् सेवा प्रदान गरी लघु जलविद्युत् सम्भावना भएको स्थानमा विद्युत् उत्पादनलाई प्राथमिकता दिइने उल्लेख छ । 

रसिलो र सिमसारका लागि जंगल तथा खाली ठाउँमा बर्खे पानी जमाउने गरी पोखरी निर्माण गर्ने तथा एक गाउँ एक सार्वजनिक पुस्तकालयको नीति बनाइ सूचनामाथिको पहुँच र पढ्ने बानीको विकास गरिने पनि सो घोषणा पत्रमा उल्लेख छ । 

मरिण गाउँपालिकाकी सुनिता लामाले जिल्लामा सडक सञ्जालको समस्या नै सबैभन्दा ठूलो समस्या भएको बताउँदै सडक नभएका कारण वर्षाको समयमा बिरामीलाई अस्पताल ल्याउन नसक्ने अवस्था छ भन्नुभयो । 

उहाँले आफ्नो गाउँमा भूकम्पपीडितले पनि राहत पाउन नसकेको अवस्था छ , उहाँले भन्नुभयो — “खानेपानी र अस्पतालको टड्कारो समस्या यहाँ देखिएको छ ।” लामाले भन्नुभयो– “दलका उम्मेदवारले जनतासँग गरेको प्रतिबद्धता व्यहारमा देख्न पाउनुपर्छ ।” 

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेश (क) मा ४६ हजार २७० र प्रदेश (ख) मा ४५ हजार ८२८ गरी कुल मतदाता ९२ हजार ९८ रहेका छन् । 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश (क) मा ५० हजार ३६७ र प्रदेश (ख) मा ३९ हजार ६१ गरी कुल ८९ हजार ४२८ मतदाता रहेका छन् । दुबै निर्वाचन क्षेत्र गरी यो जिल्लामा कुल एक लाख ८१ हजार ५२६ मतदाता छन् । त्यसमध्ये १३ हजार २७९ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीले जनाएको छ । दुबै निर्वाचन क्षेत्रमा गरेर कुल ८० वडा छन् । 

नौ स्थानीय तह रहेको सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा २४० मतदान केन्द्र र १३७ मतदानस्थल रहेको छ । 

निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य (ख) का उम्मेदवार प्रदीप कटुवालले साझा घोषणपत्रमार्फत आयआर्जन बढाउने र विदेश पलायन रोक्ने कार्यक्रम रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको विषयमा भएका अधूरा कामलाई पूरा गरिने छ भन्नुभयो । 

उहाँले कमलामाई नदीले गरेको भूक्षय रोक्ने, बजार र बजार उन्मुख गाउँबस्तीमा विगतदेखि भोगचलनमा रहेका ऐलानी जग्गाालाई दर्ता गरेर लालपुर्जा वितरण गरिने बताउनुभयो । 

विसं २०४८ भएको निर्वाचनमा दुई स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा एमाले विजयी भएको थियो भने २०५१ सालको निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र काँग्रेसले जितेका थिए । यसैगरी विसं २०५६ सालको निर्वाचनमा एमालेले दुई र जनमोर्चा नेपाल एक स्थानमा विजयी भएको थियो । तर विसं ०६४ को संविधानसभा निर्वाचनमा दुई स्थानमा तत्कालीन माओवादी र एक स्थानमा एमालेले जितेका थिए भने २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा काँग्रेस, एमाले र माओवादीले एक÷एक स्थानमा विजयी भएका थिए । 

नौ स्थानीय तह भएको सिन्धुलीमा तीन÷तीन तहमा काँग्रेस, एमाले र माओवादीले विजयी हासिल गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख राजनीतिक दलबीच नै यहाँ प्रतिस्पर्धा हुने देखिएको छ । सुरक्षाको दृष्टीकोणले जिल्लालाई अति संवेदनशील, संवेदनशील भनेर निर्वाचनका लागि निगरानी समेत गरिएको छ । 

नेपाली काँग्रेसबाट क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार क्षेत्रबहादुर बमञ्जनले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटकीय क्षेत्र धेरै भएकाले त्यसलाई अझ समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिँदै शिक्षा र स्वास्थ्यमा जनातको पहुँच स्थापित गरिने छ भन्नुभयो । 

उहाँले जिल्लामा सडकको समस्या बढी भएकाले दुर्गम क्षेत्रमा सडक सञ्जाल जोड्ने र विद्युतीकरणको समस्या समाधान गर्ने चुनावी एजेण्डा भएको बताउनुभयो ।

ि

सन्धुलीमा २६ दशमलव ८७ प्रतिशत तामाङ, १४ दशमलव ९० प्रतिशत मगर, १३ दशमलव ६६ प्रतिशत क्षेत्री, ७ दशमलव ७९ प्रतिशत ब्राम्ह्ण पहाडी, ६ दशमलव २८ प्रतिशत नेवार, ५ दशमलव ८२ प्रतिशत दनुवार, ४ दशमलव ४७ प्रतिशत कामी, ३ दशमलव ५५ प्रतिशत सार्की, ३ दशमलव ४७ प्रतिशत माझी तथा दमाई, ढोली ३ दशमलव ०९ प्रतिशत, सुनुवार २ दशमलव ७२ प्रतिशत र घर्ती, भुजेल एक दशमलव ५२८ प्रतिशत छन् भने त्यस बाहेक अन्य ५२ वटा जातजातीको यहाँ बसोबास छन् ।  युवराज पाण्डे/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश