2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’

मङ्सिर ६, मोरङ । मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिनु हुन्छ । विसं २०७३ असार ७ गते बाढीले उहाँको घर र खेत बगायो । अहिले जंगलमा टहरा बनाएर बस्दै आउनुभएको छ । 

गोले मात्र हैनन, नुनसरी बक्राहा खोलाको बाढीले घरबारविहीन भएका दुई दर्जनभन्दा बढी घरपरिवार अहिले टहरामा बास बस्दै आएका छन् । डेढ वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरुको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ । 

“जंगली जनावरको त्रास बोकेर बास बसेका छौँ,” २२ वर्षीय डम्बर दर्जीले भन्नुभयो, “राति जंगली हात्तीले सताउँछ, ज्यानै जाला भन्ने डर भइसक्यो ।” 

अहिले चारैतिर चुनावी चहलपहल छ । स्थानीयवासी नरमाया अधिकारी आफूहरुलाई चुनाव नलागेको बताउनुहुन्छ । स्थानीय तह निर्वाचनमा आश्वासन बाँडेर गएका नेता अहिलेसम्म फर्केर नआएको उहाँको भनाइ छ । 

“थुप्रै वाचा बाँडेर गएका थिए, फर्केका छैनन्,” उहाँले भन्नुभयो । आसन्न मंसिर १० र २१ गतेको चुनावमा उठेका उम्मेदवार कोही पनि अहिलेसम्म नआएका अधिकारीले बताउनुभयो । 

अधिकारीलाई मात्रै हैन विस्थापित भएका बाढीपीडितलाई निर्वाचनबारे खासै जानकारी छैन । अहिलेसम्म चुनावी अभियान लिएर कुनै पनि दलका नेता र उम्मेदवार नपुग्दा उनीहरुमा चुनावसम्बन्धी उत्साह छैन । उहाँहरु भन्नुहुन्छ, “जसले बासको व्यवस्था गरिदिन्छ उसैलाई दिइन्छ भोट ।” 

आँगनमा काखेबालकलाई खेलाउँदै बस्नुभएकी मनिला तामाङ गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न उम्मेदवारसँग माग गर्ने बताउनुहुन्छ । 

मिक्लाजुङ मोरङको क्षेत्र नं १ मा पर्छ । मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा र काँग्रेसबाट डिगबहादुर लिम्बू उम्मेदवार बन्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई