2026-07-03 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनगायक पाख्रिनलाई प्रचण्ड र ओलीद्वारा श्रद्धाञ्जली, बौद्ध परम्पराअनुसार अत्येष्टि गरियो

मङ्सिर ६, रत्ननगर | जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ । 

उहाँको पार्थिव शरीरलाई छोरा बाबुरामले दागबत्ती दिनुभएको थियो । जलाएर अत्येष्टि गरी अस्तु ल्याइएको जानकारी दिँदै उहाँका ज्वाई प्रताप गुरुङले तामाङ जातिको परम्पराअनुसार यही मंसिर १६ र १७ गते चोख्याउने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार पाख्रिनको ६५ वर्षको उमेरमा मंगलबार हृदयाघात भई मृत्यु भएको थियो । संयुक्त वाम गठबन्धनद्वारा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा मंगलबार गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको थियो । 

पाख्रिनको शव आज बिहान अन्तिम श्रद्धाञ्जलिका लागि भरतपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा राखिएको थियो । सो क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेता रामबहादुर थापालगायतका नेताले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । रासस 

अन्त्यष्टि अघि: 

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर: नारायण अधिकारी, चितवन, रासस

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर: नारायण अधिकारी, चितवन, रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली