2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी

मंसिर ६, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी देखिएको छ । 

आगमी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभाका (ख) का उम्मेद्वार विष्णुकुमार राईको मत अगाडी देखिएको हो ।

विगत लामो समययता जनताका हकाधिकार र विकास बृद्धिमा क्रियाशिल नेता राईलाई भोट लगाउन स्थानीयहरु ब्यग्र प्रतिक्षामा रहेका छन् भने, नेकपा माओवादी केन्द्र तथा बाम गठबन्धन तथा प्रदेशसभाका (ख) का उम्मेद्वार पासाङलाई चिन्दै नचिन्ने तथा नबुझेका उम्मेद्वारलाई भोट लगाउन जनताहरु अनविज्ञ रहेका कारण क्षेत्र नम्बर २ मा प्रदेशसभामा कांग्रेसको जित शुनिश्चत रहेको हो ।

‘जनताको अधिकार दिलाउने वहानामा २०५८ सालयता २०६१ सालसम्म मान्छे मार्दै हिडेका मान्छेलाई कुन हातले भोट दिनु ? खोटेहाङ गाउपालिका ९ लिच्कीराम्चे कालापानीका बिर्ख बहादुर राउतले प्रश्न गरे । “जनताका गाँसवाँस, कपास हर्ने मान्छेलाई फेरी जितायौं भने हाम्रो हालत के होला ।” उनले भने, ‘हामी नितान्त विकास र लोकतन्त्र चाहान्छौ हाम्रो दुःख बुझ्ने नेतालाई हामी जसरी पनि जिताउन चाहान्छौ ।’

प्रदेशसभाका उम्मेद्वार राईलाई २०७० सालमा हराएर भोग्नुपरेको पिडालाई स्मरण गर्दै सोही पालिकाका माबेथुम्का निवासी प्रेम कुमार रायका  भन्छन् ‘यहाँका स्थानीय जनता कांग्रेसका उम्मेद्वार जिताउन अगाडी सरेका छन् । त्यसलाई अहिलेको बाम गठबन्धनले सहयोग पुग्ने छ । उनले भने, गठबन्धनको टाउको मात्रै मिलेका तर, स्थानीय स्तरमा कार्यकर्ता अलमलमा परेका कारण कांग्रेसको जित पक्का छ ।

अहिले बाम गठबन्धनमा उठेका उम्मेद्वारहरुले चुनाव जिते पनि केही लछारपाटो नलगाएका स्थानीय निकशन राईले बताए । ‘विकास र भविष्य निर्माणका लागि योग्य र निष्ठावान नेता विष्णुकमार जिताऔं अभियानमा स्थानीय लागि परेका उनले बताए ।’ क्षेत्र नम्बर २ का राईका प्रतिस्पर्धी तथा बाम गठबन्धनका उम्मेद्वार पासाङलाई जनयुद्धकालदेखी जनतामा ज्यानमाराको छाप रहेको छ । सोही कुराका पहिलोे फाईदा विष्णुकुमार राईले उठाउने आँकलन गर्न सकिन्छ ।

प्रतिनिधिसभा उम्मेद्वार तथा निवर्तमान सभाषद विशाल भट्टराईलाई पालिका हरण गरेको आरोप छ । पालिका हरणले उम्मेद्वार भट्टराईको भोट लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार वजिमयलाई जाने अनुमान गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई