मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । "/>
2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको क्षेत्र नम्बर २ मा एमालेले बिगारेको सेटिङमा पासाङलाई अप्ठ्यारो

मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । 

सोही कुरालाई आधार मान्ने हो भने राईको जित डगमगिन सक्छ । माओवादी केन्द्रको पृष्ठभुमीवाट राजनीति शुरु गरेका उम्मेद्वार राईलाई विकास विरोधी र ज्यानमाराको आरोप छ । नेकपा एमालेसंग चुनावी तालमेल गरेका राईप्रती माओवादी र एमालेकै कार्यकर्ता रिसाईरहेका छन् । 

एमालेका नेता विशाल भट्टराईले खोटेहाङ गाउपालिका खोटाङवजारमा सारेको रिष एमाले, माओवादी केन्द्र कार्यकर्ताले बोकेर बसेका छन् । तत्कालिन नेकपा माओवादी कार्यकर्ताद्धारा बाझेच्यानडाडाँका कालुमान गुरुङ, दया ढकाल, चिसापानीका हर्क बहादुर राई, लफ्याङका मुक्सन किराँत, छितापोखरीका ध्रुब खड्काको हत्या, बराहपोखरी गाउपालिका सुन्तलेस्थित सोनापातलको टेलिफोन टावर ध्वस्त बनाएका तथा नयाँ टावर बनाउन नसक्दा सञ्चार सुविधावाट बञ्चित स्थानिय यही चुनावलाई मौका हेरेर बसेका छन् ।

बाम गठबन्धन गरेका माओवादी केन्द्रलाई क्षेत्र नम्बर २ र १ मा नै समस्या देखिन्छ । तर, त्यसको बढी असर पासाङलाई नै पर्ने अनुमान छ । एमालेका कार्यकर्ता विशाल भट्टराईको रिसिभी लिएर उनलाई भोट नहाल्दा माओवादी केन्द्र कार्यकर्ता पनि रुष्ट देखिने संम्भावना वढी छ ।

एमालेले सेटिङ बिगारेको स्थानमा पासाङले टिकट लिनु नै दुर्भाग्य हो । यसैपनि २ नम्बर क्षेत्रमा खोटेहाङ गाउपालिकाको ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेका स्थानीयहरु एमाले कार्यकर्ताहरु आफ्नै उम्मेद्वारको घोर विरोध गर्दै आईरहेका छन् । एमालेसंग रुष्ट कार्यकर्ताले एमालेसंगै सहकार्य गरेर उठेका पासाङलाई भोट दिने परको कुरा हो । 

यस्तै, नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई अगाडी देखिने संभावना छ । उनलाई बाम गठबन्धनले थप सहयोग पुग्ने देखिन्छ । एमालेले सेटिङ बिगारेको ठाउमा गठबन्धनले माओवादीलाई उठाउनु र चुनाव जितेपछि गाउँ नै नपसेका नेता उम्मेद्वारी हुनु विष्णुका लागि गोल्डेन अवसर हो ।

जनताका हकाधिकारका विषयमा वकालत गर्दै आएका विष्णुलाई मतदान हुनु अघि नै जनता भोट लगाउन ब्यग्र प्रतिक्षामा रहेको परिदृश्यले पनि २ नम्बर क्षेत्रमा उनले बाजी मार्ने आँकलन गर्न सकिन्छ । 

डर, धम्की र त्रासमा जनतालाई यातना दिएका पासाङलाई एक हिसाबले आफ्नै कर्मले ठगेको छ । त्यसको फाईदा प्रदेशसभा उम्मेद्वार विष्णु र प्रतिनिधिसभाकी महिला उम्मेद्वार सरस्वती वजिमयले लिने देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई