१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

७ मंसिर २०७४, बिहीबार १५:१७

मङ्सिर ७, नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ । 

नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने संकल्पका साथ आफूहरु अघि बढेको बताउनुयो । 

महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्धनको बहुमतको सरकारले आगामी पाँच वर्षपछि नेपाललाई दक्षिण एसियाकै नमूना देश बनाउने दाबी गर्नुभयो । 

वाम गठबन्धनको सरकारले मात्र देशका विद्यमान समस्याको समाधान गर्ने बताउँदै उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितका समतामूलक समाज निर्माण गर्ने, सबै जनतालाई 

निःशुल्क शिक्षा, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, विदेशी निर्भरता हटाएर नमूना देश बनाउनेछौँ ।” 

सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कम्युनिष्ट एकता देखिनसहने अधिनायकवादीले नै कम्युनिष्ट सरकारले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फैलाएको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु