2026-10-06 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’

मङ्सिर ८, इलाम । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

यही मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अभियानका क्रममा घरदैलोमा रहनुभएका नेकपा९एमाले० नेता नेम्वाङले आज बिहान इलाममा राससँग कुरा गर्दै मुलुकलाई समृद्धि र स्थायित्वतर्फ लैजानुपर्ने बताउनुभएको हो । 

मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उहाँले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी पनि गर्नुभयो । 

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन तथा फोरम र राजपाको पनि गठबन्धन भएको उल्लेख गर्दै नेता नेम्वाङले तीन गठबन्धनमध्ये जुन गठबन्धनले जनताको बढी मत पाउँछ उसैले पाँच वर्ष सरकार सञ्चालन गर्छ र अरु प्रतिपक्षमा रहन्छन् भन्नुभयो । 

उहाँले भन्नुभयो, “अब देशमा स्थिरता र समृद्धि हुन्छ, यसैका लागि हामी आ–आफ्नो ठाउँबाट लागौँ, तराई, मधेस, पहाड र हिमालसम्म एक भएर सबै जाती, भाषा तथा धर्मका जनता सुमधुर सम्बन्ध कायम गरेर सुन्दर नेपाल निर्माणमा जुटौँ ।” 

नेता नेम्वाङले राज्यपुनःसंरचनाअनुसार साविकको क्षेत्र नं २ मा थपिएका क्षेत्रमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुभएको छ । भोलिसम्म पुराना गाविस तथा अहिलेका गाउँपालिकाका सबै वडामा पुग्ने उद्देश्य राखेको नेता नेम्वाङ्ले जानकारी दिनुभयो । 

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।” 

विगत १० वर्षमा आफ्नो क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्दै नेता नेम्वाङले थप योजना विस्तार र स्तरोन्नति गर्ने स्पष्ट योजना लिएर आफू जनताको घरदैलोमा पुगेको बताउनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव