२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काँग्रेसका कारण जनताले ३० बर्षसम्म दु:ख भोग्नुपर्यो: रावल

२०७४, ८ मंसिर शुक्रबार १०:११

कमल रावल/मंसिर ८, अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेपाली काग्रेसका कारण जनताले ३० बर्ष सम्म दुख्ख भोग्नु परेको बताउनु भएको छ । 

२०१५ सालमै २ तिहाई बहुमत काग्रेसलाई जनताले दिदा पनी देश बिकास तिर बढ्नुको साटे जनतालाई धोका मात्र भएको बताउनु भयो । अछाम क्षेत्र नम्बर २ को ढकारीमा भएको बाम गठबन्धनको बृहत चुनावि सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधान मन्त्री तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार समेत रहेका रावलले देशको समृद्धि, पछौटे पनलाई अघि बढाउन र सविधानको सफल कार्यान्वयनका लागि बामगठबन्धको सरकार आवश्य रहेको बताउनुभयो । 


अब निर्वाचन पछी २ तिहाई बहुमतका साथ गठबन्धनको सरकार निर्माण हुने भएकाले स्थायी शान्ती र समृद्धि तिर देश अघि बढने दाबि गर्नु भयो । एक अर्को प्रसंगमा रावलले प्रधानमन्धी शेर बहादुर देउवाले कम्युनिष्ट भएपछी हास्न नि मिल्दैन भन्ने अभिब्यक्ति हास्यासपद भएको बताउनु भयो । जनताको मतको कदर गर्न नसक्ने काग्रेसले देशको बिकास कहीले पनी नचाहेको उनको भनाई थियो । 

बाम पन्थीका विगतमा भएका सरकारले महत्वपुर्ण योजना ल्याएपनी पट्क पट्क सरकार परिवर्तने कार्यान्वयन हुन नसकेकाले अब गठन हुने सरकारले सबै पुरा गर्न आश्वासन समेत दिनु भयो । 

कार्यक्रमलाई सम्बोधन गर्न ढकारी पुग्नुभएका नेकपा माओवादि केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा बादलले एमाले र माओवादि केन्द्र पार्टी एकिकरण हुनेमा जनतालाई कुनै शँका नगर्न आग्रह गर्नु भएको छ । 

मंसिर २१ गते पछी लगतै पार्टी एकिकरणको अभिया सुरु हुने र पार्टी एकता भईसकेपछी स्थानिय देखि केन्द्र सम्म सबै नेतालाई ब्याबस्थापन गर्दै लैजाने बताउनु भयो । 


अछाममा बामगठबन्धका उम्मेद्धारको जित सुनिश्चित भईसकेकाले आफु शुभकामना दिन अछाम पुगेको बताउनु भयो । साथै उहाँले अब देशको जिम्मेवारी बाम गठबन्धनको काधमा आईसकेकाले २ तिहाईका साथ बामपन्थी सरकार निर्माण हुने दाबि समेत उहाँको रहेको थियो । 

नेकपा एमाले ढकारी गाउपालिका ईञ्चार्ज नवराज साउदको अध्यक्षतामा भएको कार्यक्रमलाई पुर्व सभासद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, नेकपा एमाले र नेकपा माओवादि केन्द्रका केन्द्रिय स्तर र जिल्ला स्तरका नेताले समेत सम्बोधन गर्नुभएको थियो । बामगठन्धनको चुनावि सभा आजै तुर्माखादमा समेत सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ