2026-07-03 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भोट किन्ने पैसा खोस्न वाइसिइल र युवा संघको संयुक्त फोर्स परिचालन

ओखलढुंगा । वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरिएको हो ।

बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधी हुन थालेका छन् । विपक्षिका यस्ता गतिविधी अनुगमन गरेर पैसा बाड्ने काम रोक्न रेड फोर्स तैनाथी गरिएको गठबन्धनका एक नेताले बताएका छन् । उनका अनुसार जिल्लाका ७५ वटै वडामा ३१ जनाको समुहमा रहेको संयुक्त फोर्स परिचालन गरिएको हो । त्यसरी परिचालित भएको उक्त समुह मतदातासमक्ष नदेखिने, उनीहरुसँग सम्पर्क नगर्ने तर विपक्षी दलका गतिविधीको सुराकी गरेर मतदाता प्रभावित पार्ने काम गर्न लागे अवरोध गर्ने उद्देश्य रहेको छ ।

युवाहरुको फोर्स परिचालन गरिएको विषयमा ती नेताले काँग्रेसका गतिविधी अनुगमन गर्न र पैसा बाँडेमा नियन्त्रणमा लिन युवाहरुको समुह खटाइएको बताएका छन् । उनले मतदातालाई किन्न र त्रसित पार्ने काम रोक्ने उद्देश्य रहेको बताएका छन् ।  विभिन्न स्थानमा पैसा बाँडेका सुचना आएकाले त्यस्ता कार्य रोक्न युवाहरुको समुह सक्रिय पारिएको उनको दावी छ ।

युवा परिचालनका विषयमा युवा संघका जिल्ला अध्यक्ष राजन खत्रीले मतदाता किन्न पैसा बाँड्न थालिएको भरपर्दा सुचना आएपछि पैसा बोकेर हिड्नेहरुको खोजी गर्न युवा संघ र वाइसिएलको संयुक्त टोली परिचान गरिएको पुष्टी गरेका छन् । खत्रीले मतदाता प्रभावित गर्ने, भोट माग्ने र पैसा बाड्ने काम गर्ने समुहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने बताए । सबै वडामा संयुक्त टोलीले सुक्ष्म अनुगमन गर्ने खत्रीको भनाई छ ।

स्रोतका अनुसार वाम गठबन्धनका भातृ संगठनहरुले चम्पादेवी, मानेभञ्ज्यांग, सुनकोशी र खिजीदेम्वामा बढी निगरानी बढाएका छन् । अन्य वडाहरुमा समेत नियमित रुपमा युवा परिचालन गरिएको छ ।  

मौन अवधिमा झडप लगायतका घटना बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्था समेत कडा परिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली