१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार बन्छ: ओली

९ मंसिर २०७४, शनिबार ०९:०२

मङ्सिर ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताउनुभयो । 

उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन कसैका विरुद्ध नभएर सरकारको स्थायित्व र मुलुकको आर्थिक समृद्धिका लागि भएको बताउँदै सो गठबन्धनसँग देश विकासका लागि विभिन्न स्वरुपअनुसार कार्यक्रम रहेको जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु