१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक, यस्ता छन् महत्वाकांक्षी योजना

९ मंसिर २०७४, शनिबार ०९:२०

मङ्सिर ९, भक्तपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

एमाले प्रचार विभागको संयोजन तथा वाम गठबन्धन चुनाव परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

घोषणापत्र सार्वजनिक गर्दै पूर्वमन्त्री एवं भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले शुरु गरेको बाहिरी चक्रपथ, मनोहरा र हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्नेदेखि जिल्लाका प्रत्येक ठूला तथा साना सडकको विकास एवं स्तरोन्नति गर्ने र नयाँ सडकको ट्र्याक खोल्ने बताउनुभयो । 

घोषणापत्रमा व्यवस्थित शहर निर्माण गर्ने, भूकम्पमा ज्यान गुमाएको सम्झनामा स्मृति पार्क निर्माण गर्ने, चारवटा स्याटलाइट सिटी निर्माण गर्ने, व्यवस्थित आवास निर्माण गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने कुरा उल्लेख छ । 

त्यस्तै प्रत्येक वडामा बाल विकास केन्द्रको स्थापना, माध्यामिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने, प्रत्येक वडामा एक नमूना सामुदायिक विद्यालय बनाउने, प्रत्येक विद्यालयमा छात्रवृत्तिका साथै प्राविधिक सामुदायिक विद्यालय स्थापना गर्ने, पोलिटेक्निकल कलेज स्थापना गर्ने, उच्च शिक्षा अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सहुलियत ऋणको व्यवस्था गनर्ले र प्रत्येक नगरपालिकामा इ–लाइब्रेरीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा प्रत्येक वडामा योग साधना केन्द्र बनाउने, भक्तपुरका अस्पतालको स्तरोन्नति गर्ने, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, दुवाकोटमा वीर अस्पताल निर्माण गर्ने, सूर्यविनायकमा चिडियाखाना निर्माण गर्ने र जिल्लामा आयुर्वेदिक अस्पताल स्थापना गर्ने उल्लेख छ । 

भक्तपुरमा पहिलो र दोस्रो चरणमा गरेर सबै नगरपालिकामा मेलम्चीको खानेपानी पु¥याउने, मनोहरा खानेपानीलाई व्यवस्थित गरिने, नगरकोट मुहान पोखरी खानेपानी आयोजना सञ्चालन गर्ने, यहाँका कला, संस्कृति र मठमन्दिरको जगेर्ना गर्ने, धार्मिक पर्यटकीय क्षेत्रका रुपमा गाउँलाई विकास गर्ने तथा प्रत्येक गाउँमा होमस्टेको व्यवस्था गर्ने वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् । 

उद्योग, सहकारीको विकास गर्ने, कृषि क्षेत्रको विकास गर्ने, सिँचाइलाई खेतखेतमा पु¥याउने, औद्योगिक विकास गरी बेरोजगार बस्नै नपर्ने गरी व्यवस्थित गर्ने, कृषिमा भक्तपुरलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने, किसानलाई मल, बीउ आधुनिक कृषि औजारको व्यवस्था गर्ने, वनलाई सुरक्षित राख्ने, वातावरण स्वच्छ बनाउने, सञ्चार माध्यम एवं सञ्चारकर्मीलाई बाँच्न पुग्ने एवं सञ्चार गृह सञ्चालन हुने गरी काम गर्ने उम्मेदवार बस्नेतले बताउनुभयो । 

खेलकुदको माध्यमबाट खेलप्रेमी युवालाई प्रोत्साहन गर्ने खेलकुद शिक्षालय नै स्थापना गर्ने, विद्यालय तहदेखि नै खेलकुदको विकास गर्ने, खेल मैदानको निर्माण गर्ने, पिछडा वर्गको उन्नयन गर्ने, विभेदको अन्त्य गर्नेलगायत १४ वटा शीर्षकमा १५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको छ । 

कार्यक्रममा क्षेत्र नं २ प्रदेशसभा (क) का उम्मेदवार शशीजंग थापा, (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले घोषणापत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु