२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक, यस्ता छन् महत्वाकांक्षी योजना

२०७४, ९ मंसिर शनिबार ०९:२०

मङ्सिर ९, भक्तपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

एमाले प्रचार विभागको संयोजन तथा वाम गठबन्धन चुनाव परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

घोषणापत्र सार्वजनिक गर्दै पूर्वमन्त्री एवं भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले शुरु गरेको बाहिरी चक्रपथ, मनोहरा र हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्नेदेखि जिल्लाका प्रत्येक ठूला तथा साना सडकको विकास एवं स्तरोन्नति गर्ने र नयाँ सडकको ट्र्याक खोल्ने बताउनुभयो । 

घोषणापत्रमा व्यवस्थित शहर निर्माण गर्ने, भूकम्पमा ज्यान गुमाएको सम्झनामा स्मृति पार्क निर्माण गर्ने, चारवटा स्याटलाइट सिटी निर्माण गर्ने, व्यवस्थित आवास निर्माण गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने कुरा उल्लेख छ । 

त्यस्तै प्रत्येक वडामा बाल विकास केन्द्रको स्थापना, माध्यामिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने, प्रत्येक वडामा एक नमूना सामुदायिक विद्यालय बनाउने, प्रत्येक विद्यालयमा छात्रवृत्तिका साथै प्राविधिक सामुदायिक विद्यालय स्थापना गर्ने, पोलिटेक्निकल कलेज स्थापना गर्ने, उच्च शिक्षा अध्ययन गर्न नसक्ने विद्यार्थीलाई सहुलियत ऋणको व्यवस्था गनर्ले र प्रत्येक नगरपालिकामा इ–लाइब्रेरीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा प्रत्येक वडामा योग साधना केन्द्र बनाउने, भक्तपुरका अस्पतालको स्तरोन्नति गर्ने, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, दुवाकोटमा वीर अस्पताल निर्माण गर्ने, सूर्यविनायकमा चिडियाखाना निर्माण गर्ने र जिल्लामा आयुर्वेदिक अस्पताल स्थापना गर्ने उल्लेख छ । 

भक्तपुरमा पहिलो र दोस्रो चरणमा गरेर सबै नगरपालिकामा मेलम्चीको खानेपानी पु¥याउने, मनोहरा खानेपानीलाई व्यवस्थित गरिने, नगरकोट मुहान पोखरी खानेपानी आयोजना सञ्चालन गर्ने, यहाँका कला, संस्कृति र मठमन्दिरको जगेर्ना गर्ने, धार्मिक पर्यटकीय क्षेत्रका रुपमा गाउँलाई विकास गर्ने तथा प्रत्येक गाउँमा होमस्टेको व्यवस्था गर्ने वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् । 

उद्योग, सहकारीको विकास गर्ने, कृषि क्षेत्रको विकास गर्ने, सिँचाइलाई खेतखेतमा पु¥याउने, औद्योगिक विकास गरी बेरोजगार बस्नै नपर्ने गरी व्यवस्थित गर्ने, कृषिमा भक्तपुरलाई आत्मनिर्भर बनाउने गरी काम गर्ने, किसानलाई मल, बीउ आधुनिक कृषि औजारको व्यवस्था गर्ने, वनलाई सुरक्षित राख्ने, वातावरण स्वच्छ बनाउने, सञ्चार माध्यम एवं सञ्चारकर्मीलाई बाँच्न पुग्ने एवं सञ्चार गृह सञ्चालन हुने गरी काम गर्ने उम्मेदवार बस्नेतले बताउनुभयो । 

खेलकुदको माध्यमबाट खेलप्रेमी युवालाई प्रोत्साहन गर्ने खेलकुद शिक्षालय नै स्थापना गर्ने, विद्यालय तहदेखि नै खेलकुदको विकास गर्ने, खेल मैदानको निर्माण गर्ने, पिछडा वर्गको उन्नयन गर्ने, विभेदको अन्त्य गर्नेलगायत १४ वटा शीर्षकमा १५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको छ । 

कार्यक्रममा क्षेत्र नं २ प्रदेशसभा (क) का उम्मेदवार शशीजंग थापा, (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले घोषणापत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा