१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धक्क भएर भोट हाल्न जानुहोस: गृह मन्त्रालय

९ मंसिर २०७४, शनिबार १३:२७

मङ्सिर ९, काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । 

निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्नको लागि आवश्यक पर्ने सुरक्षा जनशक्तिको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको हो । 

शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनको लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको परिचालन गरिएकोले निर्धक्क भएर भोट हाल्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगको ढाँचा अनुरुप गृह मन्त्रालयले तीन तहको सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिनुभयो । 


निर्वाचनको समयमा कुनै अप्रीय घटना घटेमा १० मिनेट देखि ३० मिनेटमा क्वीक रेस्र्पोन्स टीम घटनास्थल पुग्ने व्यवस्था गरिएको मन्त्रालयको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ६४ हजार नेपाली सेना, ६८ हजार ६ सय ७८ नेपाल प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ म्यादी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । 

निर्वाचनको समयमा सुरक्षा निगरानीको लागि दिनभर सरकारी र निजी हेलिकप्टरबाट पनि गस्ति गरिने गृह मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु