२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वाम गठबन्धनलाई जिताउने कञ्चनपुरका मुक्त कमैयाको घोषणा

९ मंसिर २०७४, शनिबार १३:५२

भाष्कर केसी/मङ्सिर ९, कञ्चनपुर । आशन्न मंसिर २१ गते प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका विभिन्न राजनीतिक दल र उम्मेदवार मध्ये वाम गठबन्धनलाई कञ्चनपुरका मुक्त कमैयाले साथ दिने भएका छन् ।

कञ्चनपुरका मुक्त कमैयाले मालिकको घरबाट दासत्व जिवन मुक्त गराउने कम्युनिष्ट पार्टी भएकाले निवार्नचनमा वाम गठबन्धनका उम्मेदवार जिताउने घोषणा गरेको हुन् ।

 कञ्चनपुरका मुक्त कमैयाले वाम गठबन्धन जिताउन जिल्लाप्यापी अभियान संचालन गर्ने समेत भएको छ । शनिबार मुक्त कमैया समाज कञ्चनपुरको बैठकले वाम गठबन्धनलाई जिताउने निर्णय गरेको हो । 

मुक्त कमैया समाज कञ्चनपुरका अध्यक्ष घाँसिराम रानाले कम्युनिष्टले आफुहरुमा मुदा र मुक्ति दिलाउन अथक भूमिका निर्वाह गरेको भन्दै निर्वाचनमा वाम गठबन्धनलाई सघाउने निर्णय गरिएको बताए । 

उनका अनुसार मानव भएर अर्को मावनकै घरमा दासत्व नर्किय जिवन विताउन विवश मुक्त कमैयाले आफुहरुको मुक्तिका लागि कम्युनिष्ट नेता तथा पार्टीले लामो संघर्ष बलिदानी गरेर जिवनमै ठुलो गुन लगाएकाले कम्युनिष्टलाई मुक्त कमैया समुदायको भोट दिन लागेका हौँ । 

विगतमा मालिकको पञ्जाबाट मुक्ती दिलाएर आफुहरुलाई मानविय जिवन दिने कम्युनिष्ट भएकै कारण आज कम्युनिष्टले लगाएको गुनदिनुपर्ने भन्दै कञ्चनपुरका मुक्त कमैया यो निर्णयमा पुगेका हुन् । 

कम्युनिष्टले मात्रै आफुहरु जस्ता निमुखा, बेसाहरा जनताको हक अधिकारका लागि सडक देखि सदनसम्म लड्ने भएकाले कम्युनिष्ट सरकारलाई बनाउन पनि वामलाई सघाउन मात्रै होईन जिताउने लागेको अध्यक्ष रानाको भनाई छ । 

उनका अनुसार कञ्चनपुरका ३ प्रतिनिधी र ६वटै प्रदेश गरि ९ उम्मेदवार जिताउन मुक्त कमैयाले आब्हान समेत गरेको छ । सुखदुखमा साथ दिने कम्युनिष्ट भएकाले कम्युनिष्ट मुक्त कमैया, हलिया, कम्लहरी, निमुखा जनताको सारथी भएको समेत अध्यक्ष रानाको निष्कर्ष छ ।

 मुक्त कमैया समुदायले यसरी वामलाई जिताउन लिखितै निर्णय गरेपछि कञ्चनपुरमा बलियो बन्दै गएको बामलाई थप उर्जा मिलेको छ । विगतमा कम्युनिष्ट नेता र पार्टीले लगाएको गुनको मुल्याङ्गकन गदै आगामी दिनमा समेत कम्युनिष्टले आफ्नो समुदाय जस्तो विछडीको समुदायको हक अधिकारका लागि थप साथ दिने मुक्त कमैयाका नेताहरुले आशा व्यक्त गरेका छन् । 

मुक्त कमैयाले आफ्ना विभिन्न शिबिरमा पैशाको अफर आएपछि श्रणिक अर्काको पैशा खाएर आफ्नो समस्या समाधान नहुने भन्दै मुक्त कमैयालाई चुनावका बेला भोट बैंक नसम्झन समेत आग्रह गरेका छन् । 

विगतका जुन मुक्त कमैयाले जे जे गरेपनि अब मुक्त कमैया कम्युनिष्ट सरकारका कारण चतुर भएकाले मुक्त कमैयाको मतलाई पैशामा किन्ने प्रयास नगर्न समेत अनुरोध गरेका छन् । 

मालिकको पञ्जाबाट दासत्व जिवन बिताईरहेका मुक्त कमैयाका लागि दिर्घकालिन कार्यक्रम योजना ल्याउन समेत वाम उम्मेदवारसंग माग गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो