१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

गृहसहितको उच्च पदस्थ टोलीद्वारा कालिकोटको सुरक्षा अवस्था बारे अनुगमन

९ मंसिर २०७४, शनिबार १५:१७

दलसिंह गिरी/मंसिर ९, कालिकोट । सुरक्षा अवस्था बुझ्न गृह सचिव सहितका सुरक्षा अधिकारी कालिकोट पुगेका छन् । 

नेपाली सेनाको हेलिकोप्टरमा गृह सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका जर्नेल शरद गिरी, मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधान लगाएतको टोलिले यहाँको सुरक्षा अवस्था बुझेको हो । 

टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । टोलीले अतिसंवेदनशील मतदान केन्द्र माल्कोट, राम्नाकोट र पलातामा पुगेर सुरक्षा अवस्थाबारे जानकारी समेत लिएरको हो ।

शनिवार विहान सुरक्षाकर्मीले कालिकोटको माल्कोटस्थित सल्लारुखका केही घरमा विप्लव पक्षले राखेका निर्वाचन विरोधी पर्चा र झण्डा हटाएको छ । गाउँ गाउँमा सुरक्षाकर्मी आएपछि विप्लव समर्थक स्थानीय भने घर छाडेर गएका छन् ।

चुनाव बहिष्कार गर्न पाउने जनताको अधिकार खोसेर राज्य पक्ष दमनमा उत्रिएको विप्लव पक्षका नेता मनिलाल ऐडीले प्रतिक्रिया दिएका छन् । उनले पक्राउ परेका देशभरमा आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् । 

यता शुक्रबार राती पलाता गाउँपालिका ६ को जाँफे प्राविमा मतदान गराउन गएका क्रमचारी माथि नेकपा विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेका छन् । 

ढुंगामुढा पछि नेपाल प्रहरीले हवाई फायर गरे संगै उनीहरु भागेको प्रहरी निरिक्षक निरोज चौलागाईले बताए । नेकपाका कार्यक्रताले पलाँता ४ को छलाहाँमा राँके जुलुस समेतको स्थानीयले बताएका छन् ।      सुरक्षा ब्यवस्था कडा पारिको भएपनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइ रहेका छन् ।

पलातामा मदिरा प्रतिबन्ध

गाउँको सबैभन्दा ठूलो समस्या मदिरा भएपछि स्थानीय चुनावमा पलाता गाउँपालिकाका सबै पार्टीका उम्मेदवारहरुले मदिरा नियन्त्रणलाई मुख्य नारा बनाएका थिए । भर्खरै सम्पन्न गाउँपालिका परिषदले मदिरालाई प्रतिबन्ध लगाएको छ । 

गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले खाद्यान्न नपाइने विकट ठाउँमा अन्न कुहाएर बनाएर बनाएको रक्सीले कलह निम्त्याएर मदिरा निषेध गरिएको बताए । ‘गाउँमा रक्सी पार्न र बाहिरबाट जाने पक्की (बोतलको) मदिरा लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाएका छौ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु