२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिवियोगमा परेकी बिना मगरको भावुक प्रेस विज्ञप्ति यस्तो छ (बिज्ञप्तिसहित)

२०७४, ९ मंसिर शनिबार १६:४१

मङ्सिर ९, कञ्चनपुर । पतिशोकमा रहेकी बिना मगर आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेकी छन् । 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र तथा आफ्ना श्रीमान प्रकाश दाहालको असामयिक निधनपछि आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर– १ का सबै निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरु स्थगित गरी काठमाडौं फर्किएकी थिइन् ।

बिना कञ्चपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार छिन् । चुनाव प्रचारका क्रममा जिल्लामा रहेको समयमा मंसिर ३ गते पति साकार दाहाल “प्रकाश” को काठमाडौंमा हृदयघातबाट निधन भएको थियो । बिनाले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भावुक प्रेस विज्ञप्ति जारी गरेकी छिन् ।

“निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा मेरा लागि ठूलो चोट थियो । यो पीडामा मनलाई सम्हाल्दै चुनावमा होमिनु कठिन थियो । 

तर, अध्यक्ष क. प्रचण्डले भनेझैं हामी समृद्ध नेपालको ऐतिहासिक अभियानमा अघि बढेको बेला हामीमाथि आइपरेको व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस ग¥यौं । यही जिम्मेवारीबोधले परिवारमा घटेको अकल्पनीय दुर्घटनालाई हामीले शक्तिमा बदल्ने संकल्प लिन सक्यौं ।”

बिनाले दुःखद क्षणमा आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पूरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाइ, सञ्चारकर्मी र माया गर्ने बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा कृतज्ञता र धन्यवाद प्रकट गरेकी छन् । 

उनले भनेकी छन्, “मैले आफ्नो राजनीतिक यात्राको क्रममा सुख र दुःखमा सधैं तपाईहरूको माया, साथ र स्नेह पाउँदै आएकी छु । त्यसैले राजनीतिक र व्यक्तिगत जीवनको उतारचढावमा मैले भोगेका हारजीतले यस क्षेत्रका जनताप्रति मेरो जिम्मेवारीबोधलाई कहिल्यै असर गरेन । 

यस क्षेत्रलाई समृद्ध रुपमा विकास गर्ने मेरो सपना हो । त्यसैले यतिखेर परिवारमा परेको पीडा झेल्दै कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रका जनताको सेवा गर्ने अठोटका साथ पुनः तपाईहरूमाझ फर्किएकी छु ।”

बिनाले पतिशोकमा परेको बेला सम्हालिन गाह्रो भए पनि कञ्चनपुरवासीको सद्भाव र क. प्रचण्डको निर्देशनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको बताएकी छन् । 

तर यस्तो दुःखको समयमा आफू पहिले जस्तो गरी सशक्तरुपमा चुनावी मैदानमा उत्रिने अवस्था नरहेकाले त्यसलाई बुझेर सहजरुपमा लिई थप सहयोगको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्ति हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल