१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ: रक्षामन्त्री

१० मंसिर २०७४, आईतवार ०२:२४

मंसिर १०, काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए ।

प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब कसैले चाहेर पनिनिर्वाचन बिथोल्न, केही गर्न सक्ने अवस्था छैन, करिब पाँच सयजनालाई गिरफ्तार गरिसकिएको छ, धेरैको भागाभाग भइरहेको छ,’ रक्षामन्त्री प्रधानले शनिबार काठमाडौंम आयोजित एक कार्यक्रममा भने ।

‘हिंसात्मक घटनामा विप्लवको पार्टी’

रक्षामन्त्रीले चुनावअघि देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा विप्लव नेतृत्वको नेकपाका कार्यकता संलग्न भएको जिकिर गरे । तर, बम र विद्युतीय धराप विस्फोटका घटनाबारे नेकपाले हालसम्म जिम्मेवारी लिएको छैन ।

‘निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको छ, निर्वाचन बिथोल्न खोज्ने विप्लव समूहका नेताहरूलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरिरहेको छ,’ रक्षामन्त्री प्रधानले भने, ‘तर उनीहरूका सामान्य घटनाले निर्वाचनलाई असर गर्दैन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, सुरक्षा व्यवस्था भइसकेको छ ।’

सरकारले नेकपासँग वार्ता नगर्ने पनि मन्त्री प्रधानको भनाइ थियो । ‘चुनावको मुखमा हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, तर, हामी हिट एन्ड रनको पक्षमा छैनौँ, यदि विप्लव समूह वार्तामा आयो भने हामी कुरा सुन्न तयार छौँ,’ प्रधानले भने । तर, संविधान ल्याउन विप्लव नेतृत्वको पार्टीको पनि भूमिका भएको भन्दै प्रधानले प्रशंसासमेत गरे ।

३२ जिल्लामा २८ हजार ८ सय सेना परिचालन

रक्षामन्त्री प्रधानले आइतबार हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २८ हजार आठ सय ४६ सेना खटिएको बताए । ‘दुवै निर्वाचनका लागि ६४ हजार २० सेना खटिँदै छन्, नेपाल प्रहरीको कुल क्षमतामध्ये ९० प्रतिशत यो निर्वाचनमा खटिँदै छन्, त्यस्तै हवाई अनुगमन भइरहेको छ, सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको छ’ रक्षामन्त्री प्रधानले भने ।

पहिलो चरणको निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षाव्यवस्था गरेको उनले बताए । ‘ढुक्क भएर मतदानमा सरिक हुनुहोस्, सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गरेको छ, तपाईहरू निर्धक्क भएर मतदान गर्नुहोस्, आफ्नो अमूल्य मत दिनुहोस्, मत हाल्दा विवेक प्रयोग गर्नुहोस्,’ प्रधानले भने, ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार अहिले २४ घन्टा खटिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण