Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लाख नगद सहित नयाँ शक्तिका पाँच कार्यकर्ता पक्राउ

२०७४, १० मंसिर आईतवार ०५:२५

मङ्सिर १०, काठमाडौं । गोरखाको जौबारीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । 

उनीहरु एक लाख नगद र नयाँ शक्तिको प्रचार सामग्री सहित राति १ बजे गोरखाको शिरानचोक गाउँपालिका ८ बाट पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरु र नगद रकमलाई जौबरा इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुले ग २ च १७१५ नम्बरको बोलेको जीप चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिरहेका थिए ।


प्रहरीका अनुसार गाडी चालक गोरखा ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका ६ का भरतकुमार श्रेष्ठ र गोरखा ८ का खुशबहादुर थापा पक्राउ परेका छन् ।

त्यस्तै गोरखा नगरपालिका १० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।

माओवादी कार्यकर्ताहरुले गुनासो गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश