२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बहुमुखी शैलीमा वाम गठबन्धनको चुनाव प्रचार

२०७४, १० मंसिर आईतवार १३:५८

भाष्कर केसी/मङ्सिर १०, कञ्चनपुर । आशन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति नजिकिदै जाँदा वाम गठबन्धनले चुनाव प्रचार बहुमुखी शैलीमा अघि बढाएको छ । 

वामले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा चुनावी अभियान तिव्र रुपमा अघि बढाएको छ । निर्वाचन क्षेत्र नम्बर १ बेल्डाँडीमा घरदैलो संगै कोण सभा गरेको छ । 

नेकपा एमाले बेल्डाँडीका युवा नेता शंकर दत्त भट्टले बेल्डाँडी गाउँपालिका २, ३, र ४ मा घरदैलो कोण सभा र ३ नम्बर वडामा महेन्द्र विष्टको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । 

उप संयोजकमा नरेन्द्र विष्ट रहेका छन् । बेल्डाँडीका विभिन्न क्षेत्रमा आयोजित कोण सभामा प्रदेश सभा सदस्यका उम्मेदवार कुलबिर चौधरी, एमाले नेता पल्लवराज भट्ट, एमाले नेता अक्कल विष्ट, नन्दकिशोर एसकेले स्थिर सरकार र दक्षिणी क्षेत्रको दिगो विकासका लागि वाम उम्मेदवार सघाउन आग्रह आब्हान गरेका छन् ।  

लालझाँडी गाउँपालिका ४ र ५ मा पनि वामका उम्मेदवार तारालामा तामाङ्गले घरदैलो गरेका छन् । एमाले शंकरपुरका नेता अम्मर सिह रानाले वामले जिते सम्पूर्ण राना समुदायको हक अधिकार सुनिश्चित गराउनुका साथै प्रदेशको विकास गर्ने बचन दिएका छन् । वामले बेल्डाँडी, बेलौरी र पुर्नवास क्षेत्रका विभिन्न बस्तीमा चुनावी प्रचार तथा मतदाता शिक्षा अभियान समेत गरेको छ । 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा वामका उम्मेदवार त्रय नर बहादुर धामी, लाल बहादुर खडकाले बेदकोट, कृष्णपुर शुक्लाफाँटा क्षेत्रमा घरदैलो गरेका छन् । माओवादी केन्द्रका नेता दिपक खत्रीका अनुसार कृष्णपुर ८, ९ र शुक्लाफाँटा ११ मा कोण सभा घरदैलो गरिएको छ । 

कोण सभामा वाम प्रतिनिधी सभा सदस्यका उम्मेदवार नर बहादुर धामीले निर्वाचन क्षेत्र नम्बर २ को बषौँदेखिको जमिनको लालपुर्जाको समस्या र सडक सुधारमा आफ्नो पहिलो प्रथमिकता रहेको बताएका छन् । कोण सभामा धामीले सर्व प्रथम यस क्षेत्रको लामो समयदेखि किसानले जमिनको लालपुर्जा नपाएको समस्या तत्त्काल समाधान गर्ने उद्घोष तथा बचन दिएको एमाले नेता अम्मर धामीले बताए । 

उनका अनुसार उम्मेदवार धामीले जनताको समस्यामा हदैसम्मको मेहनत गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । माओवादी नेता खत्रीले कञ्चनपुरका विभिन्न स्थानमा वामका झण्डा च्यातिएको प्रति गम्भिर आपत्ति प्रकट गरेका छन् । हार्ने मानसिकताबाट अत्तालिएर झण्डा च्यातेको उनको भनाई छ । यस्तै प्रदेश २ (ख) वामका उम्मेदवारले बेदकोट र शुक्लाफाँटा क्षेत्रमा घरदैलो भेटघाट गरेको एमाले नेता रामचन्द्र रेग्मीले बताए । उनका अनुसार लाल बहादुर खडकाले कालगौडी लगायतका बस्तीमा भेटघाट गरेका छन् । 

भने बेदकोटको ४, ५ र ९ मा युवा भेला, १ मा महिला भेला गरि मतदातालाई शिक्षा प्रदान गरिएकोछ  । यस्तै विकास बमको संयोजकत्वमा स्वयम सेवक समेत गठन गरिएको एमाले नेता रेग्मीले बताए । 

उनका अनुसार निर्वाचनलाई निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वामका युवाले सकृय भूमिका निर्वाह गर्ने छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा पनि वामले महाकाली र भीमदत्तका विभिन्न वडाहरुमा युद्धस्तरमा चुनावी सभा, भेटघाट, घरदैलो, कोण सभा गरेका छन् । 

माओवादी केन्द्रका नेता कृष्ण दत्त जोशी (बोक्सर) ले ३ का उम्मेदवार त्रय डा. दिपक प्रकास भट्ट, मान बहादुर सुनार र प्रकास रावल लगायतका वामका नेता कार्यकर्ताले घरदैलो गरेका छन् । 

उनका अनुसार भीमदत्त छ, १७, महाकाली ६, ८ मा घरदैलो कोण सभा चुनावी कार्यक्रम गरेका छन् । वाम ३ का उम्मेदवार त्रय भट्ट, सुनार र रावलले स्थिर जनमुखी सरकार र यस क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि वामका उम्मेदवारलाई भोट दिन आब्हान गरेका थिए । 

वामका उम्मेदवार त्रयले पटक पटक एकै पार्टी व्यक्तिलाई जिताएर पार्टी भित्रको लोकतन्त्रको खिल्ली उडाईएको ब्यङग्य गर्दै लोकतान्त्रिक पद्दतीको विकासका लागि आफुबाटै शुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल