२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

२०७४, ११ मंसिर सोमबार ०३:५६

मंसिर ११, म्याग्दी । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् ।

विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका छन् ।

बिहान ७: ०० बजे बेनी नगरपालिकाको हंशवाहिनी मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गरेका ९६ वर्षीय रणबहादुर सुवेदी शान्ति र विकास हेरेर मर्ने मन भएको बताउँछन् । ‘देशमा धेरै व्यवस्था फेरिए, धेरै पटक भोट हालेँ’, सुवेदीले भने, ‘तर जनताको अवस्थामा सुधार र जिल्लाको विकास भने हुन सकेन, अब चुनिने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।’

सोही मतदान केन्द्रबाट पहिलोपटक मतदान गरेकी रुपा सापकोटाले निर्वाचन जितेर आउने प्रतिनिधिले जनताका आवश्यकता र जिल्लाको विकासलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै आफ्नो मतको सदुपयोग गरिदिन आग्रह गरिन् ।

ज्यामरुककोटको अर्जुन मावि मतदान केन्द्रबाट मतदान गरेका नारायण शर्माले नागरिक अधिकारको सदुपयोग गर्न र योग्य जनप्रतिनिधिको छनोट गर्न आफूले मतदान गरेको बताए ।

जिल्लाका ७२ मतदान स्थल र १०६ वटा मतदान केन्द्रबाट बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको थियो । सबै मतदान केन्द्र र मतदान स्थलमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका सबै मतदान स्थल र केन्द्रमा वृद्धवृद्धा,अपांगता भएका, अशक्त महिलालाई सबैभन्दा पहिला मतदान गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल