२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बैकुण्ठबहादुर चन्दले भने–‘ गोकर्ण विष्टलाई भोट दिँदैछु’

२०७४, ११ मंसिर सोमबार ०६:३६

प्रेम सुनार/मङ्सिर ११, गुल्मी । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनीधी बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार गोर्कणराज विष्टको ठुलो हात रहेको बताएका छन् । 

साविकको अग्लुङ्ग गाविस निवासी ८४ वर्षिय चन्दले समयले कोल्टे फेर्दै जाँदा आफुले पनि राजनैतिक रुपमा कोल्टे फेरेर वामगठबन्धनका उमेदवार गोकर्णराज विष्टलाई सघाउने उद्घोष गरेका छन् ।

तानसेन तम्घास सडक  जनता उठाएर आफै खनेका तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले अग्लुङ्गमा वामगठबन्धनद्धारा आयोजित उक्त सभामा सञ्चारकर्मीले राखेको जिज्ञाषामा उनले उमेदवार गोकर्ण विष्ट विकास प्रेमी नेता भएको र  पहिलो पटक आफुले ८४ वर्षको उमेरमा उनलाई भोट धेरै पटक गुल्मीमा जिल्ला विकास समितिको सभापति रहेका र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका चन्दले हिजोका दिनमा कम्युनिष्टहरुलाई घृणा गर्ने गरे पनि अहिले समर्थन गरेको बताए । 


‘हिजो समय त्यस्तै थियो’–चन्दले भने –‘अहिले त्यो समयले कोल्टे फेरि सक्यो, नेपालमा कम्युनिष्टहरु मिलेकोमा सकारात्मक रुपमा लिएको छु ।’ तपाई लामो समय देखि राप्रपाको नेता र राजा विरेन्द्रको समेत दाहिने हात जस्तै भएर काम गर्नु भयो, अहिले कम्युनिष्टहरुलाई समर्थन गर्दा अफ्ठ्यारो लाग्दैन ? भन्ने प्रश्नमा उनले भने–‘जनता अव जसले विकास गर्छ उसैका पछाडी लाग्ने भएकाले जनता संगै आफु पनि पछाडी लागेको हुँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेको छ र  त्यसका नेता तपाई कै छोरा भरतबहादुर चन्द हुनुहुन्छ, छोरा रिसाउलान् भन्ने लाग्दैन ? भन्ने अर्को प्रश्नमा पुराना नेता चन्दले भने–‘ मैले हिजो देखि अहिले सम्म आफै निर्णय गर्ने गरेको छु ।  पञ्चायतकालमा मालमोत कार्यालयको हाकिमको जागिर छाडेर जिविस सभापतिको चुनाव लड्दा पनि न जागिर न जनप्रतिनिधी होलास भनेर सुझाव दिन्थे तर मैले आफै निर्णय गरेर चुनावमा उठेको हुँ र सफल पनि भएँ , त्यसैले म आफै निर्णय गर्छु  र  यसपाली भोट गोकर्ण विष्टलाई दिने निर्णय गरेको छु ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल