२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बैकुण्ठबहादुर चन्दले भने–‘ गोकर्ण विष्टलाई भोट दिँदैछु’

११ मंसिर २०७४, सोमबार ०६:३६

प्रेम सुनार/मङ्सिर ११, गुल्मी । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनीधी बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार गोर्कणराज विष्टको ठुलो हात रहेको बताएका छन् । 

साविकको अग्लुङ्ग गाविस निवासी ८४ वर्षिय चन्दले समयले कोल्टे फेर्दै जाँदा आफुले पनि राजनैतिक रुपमा कोल्टे फेरेर वामगठबन्धनका उमेदवार गोकर्णराज विष्टलाई सघाउने उद्घोष गरेका छन् ।

तानसेन तम्घास सडक  जनता उठाएर आफै खनेका तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले अग्लुङ्गमा वामगठबन्धनद्धारा आयोजित उक्त सभामा सञ्चारकर्मीले राखेको जिज्ञाषामा उनले उमेदवार गोकर्ण विष्ट विकास प्रेमी नेता भएको र  पहिलो पटक आफुले ८४ वर्षको उमेरमा उनलाई भोट धेरै पटक गुल्मीमा जिल्ला विकास समितिको सभापति रहेका र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका चन्दले हिजोका दिनमा कम्युनिष्टहरुलाई घृणा गर्ने गरे पनि अहिले समर्थन गरेको बताए । 


‘हिजो समय त्यस्तै थियो’–चन्दले भने –‘अहिले त्यो समयले कोल्टे फेरि सक्यो, नेपालमा कम्युनिष्टहरु मिलेकोमा सकारात्मक रुपमा लिएको छु ।’ तपाई लामो समय देखि राप्रपाको नेता र राजा विरेन्द्रको समेत दाहिने हात जस्तै भएर काम गर्नु भयो, अहिले कम्युनिष्टहरुलाई समर्थन गर्दा अफ्ठ्यारो लाग्दैन ? भन्ने प्रश्नमा उनले भने–‘जनता अव जसले विकास गर्छ उसैका पछाडी लाग्ने भएकाले जनता संगै आफु पनि पछाडी लागेको हुँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेको छ र  त्यसका नेता तपाई कै छोरा भरतबहादुर चन्द हुनुहुन्छ, छोरा रिसाउलान् भन्ने लाग्दैन ? भन्ने अर्को प्रश्नमा पुराना नेता चन्दले भने–‘ मैले हिजो देखि अहिले सम्म आफै निर्णय गर्ने गरेको छु ।  पञ्चायतकालमा मालमोत कार्यालयको हाकिमको जागिर छाडेर जिविस सभापतिको चुनाव लड्दा पनि न जागिर न जनप्रतिनिधी होलास भनेर सुझाव दिन्थे तर मैले आफै निर्णय गरेर चुनावमा उठेको हुँ र सफल पनि भएँ , त्यसैले म आफै निर्णय गर्छु  र  यसपाली भोट गोकर्ण विष्टलाई दिने निर्णय गरेको छु ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…