२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका आरक्षपीडितद्वारा वाम गठबन्धनलाई जिताउने घोषणा

२०७४, ११ मंसिर सोमबार ०७:०३

भाष्कर केसी/मङ्सिर ११, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले वाम आशन्न मंसिर २१गते हुने प्रदेश र स्थानीय तह निर्वाचनमा वामका उम्मेदवारलाई जिताउने घोषणा गरेका छन् । 

सोमबार आरक्ष पीडित संघर्ष समितिको एक भेलाले आगामी निर्वाचनमा वामलाई जिताउने घोषणा गरेका हुन् । विस्थापित भएदेखि यताका तीन निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताएपनि पुर्नस्थापना नगरेको गुनासो गर्दै वाम वामका उम्मेदवारलाई जिताउने घोषणा गरेका हुन् । 

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरा सिह भण्डारीले विगतका निर्वाचनका काँग्रेसका उम्मेदवारलाई जिताउदा पनि पुर्नस्थापनाको साटो यस बर्षदेखि शिबिरमा धान चुट्न र मेसिनबाट खेत जोत्न समेत नदिएकाले काँग्रेसले जनता विस्थापित गर्न र लखेट्न मात्रै जानेकाले अब काँग्रेसलाई नसघाउने बताए । विस २०५८ सालमा काँग्रेसका सभापति एव प्रधानमन्त्री शेर बहादुर देउवाकै पालामा आफुहरुको विचल्ली बनाएको र अहिले उनै शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा हामीलाई न्याय दिनुको साटो खेत जोत्न र धान चुट्न नदिएको आरक्ष पीडितले गुनासो पोखेका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाले माथी सरकारको आदेश भन्दै यस बर्ष धान चुट्न समेत नदिएको पीडितको गुनासो थियो । सरकारले मेसिन माफर्त धान चुट्न नदिएपनि हात्तैले चुटेको पीडितको भनाई छ । 

विस्थापित गर्नेले पुर्नस्थापना भन्दा पनि झन झन पीडितको विचल्ली बनाउदै गएकाले उक्त पार्टी र उम्मेबारलाई यस पटकको निर्वाचनमा भोट नदिन नसकिने भएकाले कृपया कञ्चनपुरका आरक्ष पीडितसंग भोट मागे पनि तपाईहरुलाई यस बर्ष भोट नदि सकिदैन् माफ गर्नुहोला भनेका छन् । 

विगतका निर्वाचनका काँग्रेसका उम्मेदवारले आरक्षपीडित गर्न गरेका बाचा पुरा नगरेको र बसेका पीडितको झन उठिबास गर्न काँग्रेसकै सरकार तल्लिन भएको पीडितको आरोप छ । 

कञ्चनपुरका आरक्ष पीडितले जिल्लाभरी छरिएर बसेका पीडितलाई यस बर्ष वामलाई भोट हाल्न समेत आब्हान गरेका छन् । जसले जनताको बस्तीमा गएर काँधमा बन्दुक पटकाउदै मानवलाई दानविय व्यवहार गरि आज यो बेहाल बनाएकाले पटक पटक सरकारमा जाँदा पनि पीडितको पीडा नसुन्ने र पीडितलाई न्याय दिनुको साटो उल्टै दुख दिने गरेकाले काँग्रेसका कुनैपनि उम्मेदवारलाई भोट दिन नसकिने पीडितले निष्कर्ष निकालेका छन् । 

विस्थापित भएदेखि आरक्ष पीडितका बालबालिका शिक्षाबाट बञ्चित भई विदेशीन बाध्य भएका थिए । विद्यालय उमेरमा घरमा खान लाउन नपुग्ने भएपछि पीडितका सन्तान पेट पाल्न विदेशीएका थिए । 

झण्डै डेढ दशक यता विस्थापित भएदेखि हालसम्म आरक्ष पीडितको पुर्नस्थापना हुन नसक्दा कञ्चनपुरका विभिन्न स्थानमा झुपडी बनाएर जिवन काट्न बाध्य भएका छन् । 

२९ औँ आयोग बनिसक्दा पनि पीडितको समयस्या उस्तै छ । २४औँ आयोगले २ हजार, ४सय ७३ परिवारलाई प्रमाणित गरेपनि सरकारले पीडितको पुर्नस्थापनाका लागि आलटाल गरेको गुनासो पोखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल