२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १७ मतदान केन्द्रको मतपेटिका पुग्न बाँकि, ३ केन्द्रबाट हेलिकप्टरबाट लिने तयारी

२०७४, ११ मंसिर सोमबार १०:०९

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएपछि सोमबार दिउँसोसम्म दार्चुलाका १ सय १२ मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगा ढुवानी भइसकेको छ । 

मार्मा गाउँपालीका, महाकाली नगरपालीका, मालीकार्जुन गाउँपालीकाबाट सबै मतपेटिकाहरु खलंगा पुगिसकेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । 


बाँकि १७ ओटा मतदान केन्द्रमध्ये १४ ओटा मतदान केन्द्रबाट अहिले मतपेटिका ढुवानि भइरहेको छ । ब्यास, दुहु, लेकम, नौगाड, अपिहिमाल गाउँपालीकाका केहि मतदान केन्द्रहरुको मतपेटिकाहरु खलंगा ढुवानि भइरहेको हो ।

यस्तै जिल्लाबाट सबै भन्दा टाढाको अपी हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका ३ ओटा  मतदान केन्द्रको मतपेटिका भने हेलिकोप्टरमार्फत ढुवानी गर्ने भनिएपनि अहिलेसम्म ढुवानि सुरु हुन सकेको छैन । 

ब्यास गाउँपालीकाको दुम्लीङ मतदान केन्द्रबाट एउटा हेलीकेप्टरमार्फत र अपिहिमाल गाउँपालीकाको पाथा र सिति गरी २ ओटा मतदान केन्द्रको मतपेटिका अर्को हेलिकेप्टरमार्फत ढुवानिको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । बिहान १० बजेअघि नै हेलीकेप्टरमार्फत मतपेटिका ढुवानि गर्ने बताइएपनि अहिलेसम्म ढुवानिकालागी हेलीकेप्टर नै पुगेको छैन ।

सोमबार बेलुकिसम्म जिल्लाभरीको १ सय २९ ओटै मतदान केन्द्रको मतपेटिका खलंगा पुर्याएर सुरक्षा ब्यबस्थापन गरीने जिल्ला सुरक्षा समिति दार्चुलाले जनाएको छ । मतगणना भने दोस्रो चरणमा हुने मंसिर २१ गतेको निर्वाचन भएपछि मात्र सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल