2026-10-24 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रेल चलाउने योजना कम्युनिष्टसँग छः खतिवडा

मंसीर ११, मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एबम् मकवानपुर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले कम्युनिष्टहरुसँग रेल चलाउने योजना रहेको बताएका छन् । 

देश विकासको महत्वकाँक्षी योजनाहरु हुँदा हुँदै पनि कम्युनिष्टहरुलाई काँग्रेसले सरकारमा लामो समय टिक्न नदिएकै कारण योजनाहरु कार्यान्वयनमा आउन नसकेको उनले बताए । 

मनहरी गाउँपालिका वडा नं ८ र ९ को संयुक्त जनसभालाई सम्बोधन गर्दै उनले अब बन्ने बाम सरकारले रेल चलाउने, राष्ट्रिय ध्वजाबाहक पानी जहाज खरिद गर्ने जस्ता कामहरु आगामी दिनमा सम्पन्न गर्ने दाबी गरे । काँग्रेसकै कारण देश अहिलेको अबस्थामा आइपुगेको भन्दै नेपालीहरुको अब निराशाको दिन सकिएको उनले तर्क गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभाका उम्मेदवार राजाराम स्याङ्तानले अनेक चालबाजी लगाएर चुनावमा होमिएका विपक्षी उम्मेदवारलाई मतदाताले प्रश्न गर्नुपर्ने बताए । 

उनले आफ्नो क्षेत्र छोडेर आएका काँग्रेस उम्मेदवारलाई यता के कसरी ढाँट्न र हल्ला गर्न सकिन्छ भन्ने मात्रै ध्याउन्न रहेको बताए । ‘विकासे योजना कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ कि, पाहूनालाई ?’, उनले प्रतिप्रश्न गरे ।

३ नं प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्थानीय तहले सबै विकास निर्माणको कुरा गर्ने बताए । सांसदका उम्मेदवारहरुले विकासको बजेट बाँड्दै हिँड्नु हाँस्यास्पद रहेको उनले सुनाए । 

कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका काँग्रेस पूर्व जिल्ला सचिव बिष्णु दाहाल र पीताम्बर बास्तोलाले काँग्रेसबाट सम्बृद्धि सम्भव नरहेकाले आफूहरु बाम गठबन्धनमा आएको बताएका थिए । 

सभामा बाम गठबन्धनका प्रदेशतर्फका समानुपातिक उम्मेदवार प्रदीप घलान ओम, नेताहरु लालबहादुर थापा, रामप्रसाद कालाखेती, रामहरि सुवेदी, नवराज सुवेदी, खुसीलाल प्रजा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कमल गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य सापकोटाले स्वागत र लक्ष्मण उप्रेतीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने