१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसका नेता विमलेन्द्र निधि एक हप्तापछि डिस्चार्ज

११ मंसिर २०७४, सोमबार १३:०३

मङ्सिर ११, काठमाडौँ । स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज घर फिर्ता हुनुभएको छ छ । 

लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य परीक्षणपछि उहाँमा निमोनिया देखिएकामा उहाँलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि चलाई चिकित्सककै निगरानीमा राखिएको थियो । 


अस्पतालका पेटरोग विशेषज्ञ डा राहुल पाठक, छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकाललगायतको टोलीले उहाँको उपचार गरेको थियो । “उहाँले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक हुनुभएको छ तर पनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ,” डा ढकालले बताउनुभयो । धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् । 

नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति डा रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु