२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा १ सय २४ केन्द्रको मतपेटिका सदरमुकाम पुग्यो

११ मंसिर २०७४, सोमबार १४:३१

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । दार्चुलाको अति बिकट एब. दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ । 

विहान १० बजेभित्र नै हेलिकोप्टरले अपिहिमाल गाउँपालीकाको पाथा र छेत्ति मतदान केन्द्र र ब्यास गाउँपालीकाको दुम्लीङ केन्द्रको मतपेटिका ल्याउने तयारी गरीएपनि प्राबिधिक समस्याका कारण भन्दै अडान गर्न सकिएको थिएन । पटकपटक को प्रयासपछि बेलुकि ४: ४५ बजेतिर अपिहिमाल गाउँपालीकाका २ ओटै केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको हो ।

हिँडेर आउन कम्तिमा ३ दिन लाग्ने र बाटो समेत अप्ठेरो भएका कारण हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम खलंगा ल्याइएको मुख्य निर्बाचन अधिकृत राजेन्द्र नेपालले बताए । हेलिकोप्टरमार्फत ८ सय क्षेत्ति र ४ सय ३५ पाथाको गरी कुल १२ सइ ३५ मतपत्र ढुवानि गरीएको हो । 

१ हजार ३ मतदाता रहेको क्षत्ति केन्द्रमा ८ सय मतदाताले मतदानमा सहभागिता जनाएका थिए । भने ५ सय ७३ मतदाता रहेको पाथा केन्द्रमा ४ सय ३५ जनाले मतदान गरेको जिल्ला निर्बाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाका अरु १ सय २२ मतदान केन्द्रको मतपेटिका भने सुरक्षित रुपमा स्थलमार्गबाट जिल्ला सदरमुकाम खलंगा पुगिसकेको छ । बाकी अपिहिमाल गाउँपालीकाको सिति, झुस्कु, घुसा र सितोला गरी ४ ओटा केन्द्रको मतपेटिका स्थलमार्गको प्रयोगगरी सदरमुकाम आउने क्रममा रहेको छ । 


ब्यास गाउँपालीकाको दुम्लीङ केन्द्रमा भने सोमबार हेलिकोप्टरमार्फत ल्याउन नसकिएपछि मंगलबारमात्रै जिल्ला सदरमुकाम आइपुग्ने निर्बाचन अधिकृत नेपालले बताए ।

उनका अनुसार सोमबार बेलुकिसम्म हेलिकोप्टरबाट ल्याइएका दुई केन्द्रसहित १ सय २४ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको छ । भने बाकी ५ ओटा केन्द्रमध्ये ४ ओटाको मतपेटिका सोमबार रातिसम्म खलंगा आइ पुगिसक्ने जानकारी छ । 

बाकी दुम्लीङ मतदान केन्द्रको मतपेटिका भने बढी उचाइ भएका कारण सोमबार ल्याइएको हेलीकोप्टरले उडान भर्न नसक्ने देखीएपछि ठुलो आकारको हेलिकोप्टर प्रयोग गरेर मंगलबार ढुवानि गर्ने तयारी गरीएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकाम पुगेका मतपेटिकाहरुलाइ जिल्ला प्रशासन नजिकै रहेको कर्मचारी अवास भवनमा सुरक्षा ब्यबस्थापनका साथ राखीएको छ । उक्त ठाउँमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिने र आवस्यक परेमा राजनीतिक दलहरुका एक एक जना प्रतिनिधीहरु पनि मतपेटीका स्थलमा बस्न सक्ने व्यवस्था गरिएको पनि मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।

दार्चुला जिल्लामा रहेका ७८ हजार ५ सय १३ मतदाताहरुमध्ये ५४ हजार ४ सय १४ जनाले मतदान गरेका छन् । दार्चुलामा ६९ दशमलब ३० प्रतिशत मतदान भएको छ । मतगणना देशभरी निर्बाचन सम्पन्न भएपश्चात २१ ग्तेबाट शुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला