२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिंचाई राज्यमन्त्रीद्वारा विज्ञप्ती सार्वजनिक गर्दै सबैलाई धन्यबाद ज्ञापन

२०७४, १२ मंसिर मंगलवार ०४:२३

कविता उपाध्याय/मङ्सिर १२, रोल्पा । सिंचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहनु भएका अमरसिंह पुनले प्रदेश सभा तथा प्रतिनिधि सभा २०७४ का लागि मंसिर १० गते सम्पन्न निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नुभएकोछ । 

उहाँले निर्वाचन सम्पन्न भएको भोलिपल्ट मंसिर ११ गते प्रेस विज्ञप्ती सार्वजनिक गर्दै धन्यबाद ज्ञापन गर्नुभएको हो । विज्ञप्तीमा लेखिएको छ  “२०७४ साल मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलता पुर्वक सम्पन्न भएको शुभ अवसरमा सम्पुर्णमा बधाई ज्ञापन गर्दछु । साथै सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । 

निर्वाचन सम्पन्न गर्न सकारात्मक भुमिका खेल्नु हुने आम रोल्पाली, अहोरात्र खटीनु हुने पार्टीका नेता कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज, पर्यवेक्षक, पत्रकार, लगायत सबैमा विशेष धन्यवाद व्यक्त गर्दछु ।” 

उहाँले लोकतन्त्रको खम्वाको रुपमा लिइएको निर्वाचनमा भाग लिन चाहने मतदातालाई फरक विचारकै आधारमा अवरोध गरिएको कार्यप्रति भने खेद व्यक्त गर्दै सम्पन्न निर्वाचनले संविधान कार्यान्वयनमा सकारात्मक भुमीका खेल्ने विश्वास ब्यक्त गर्नुभएको समेत विज्ञप्तीमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल