2026-07-03 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आउँदो ५० वर्षसम्म नेपालमा बाम गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी

मङ्सिर १२, चितवन (रासस) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । 

पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्याउन चाहन्छु ।” 

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले भन्नुभयो – “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।” 

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उहाँले गर्नुभयो । 

उहाँ चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

अबको जिम्मेवारी विकास: मन्त्री पाण्डे 

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन । वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदैआएको छु ।” 

देशको ठूलो पार्टी नेपाली काँग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उहाँले बताउनुभयो र भन्नुभयो – “मेरो जीत नै जनताको जीत हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन