मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडत"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं ७ मा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार तिव्र

२०७४, १२ मंसिर मंगलवार १०:२९

मङ्सिर १२, काठमाडौं । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

यसै क्रममा काठमाडौं क्षेत्र नम्बर ७ मा पनि लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम ल्याउन जोडतोडका साथ लागेको छन् । अन्य क्षेत्रको तुलनामा काठमाडौं–७ मा भने निर्वाचनको माहोल फरक र रोचक देखिएको छ ।


यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका केन्द्रीय सदस्य एबं महिला बालबालिका एवम् समाजकल्याणमन्त्री विक्रमबहादुर थापा र वाम गठबन्धनका तर्फबाट एमाले नेता रामविर मानन्धर प्रतिस्पर्धामा छन् ।

देशभर नै वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनाबी प्रतिस्पर्धा रहेको अवस्थामा काठमाडौं–७ मा पनि दुबै गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन प्रचार–प्रसारलाई तिब्रता दिएका ह्न् ।

पछिल्लो समयमा लोकतान्त्रिक गठबन्धनले आफप्नो चुनाव प्रचार अभियानलाई तिव्र रुपमा अघि बढाएसँगै वाम गठबन्धनका उम्मेदवार मानन्धरलाई यो क्षेत्रमा निर्वाचन जित्न कठिन हुने देखिएको छ ।

काठमाडौं ७ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बनेका राप्रपाका विक्रमबहादुर थापा, प्रदेशसभा तर्फ (क) मा नेपाली कांग्रेसका विजय बहादुर माली र (ख) मा धर्मराज अर्यालले चुनाबी प्रचारप्रसारलाई व्यापकता दिएका छन् ।


अघिल्लो संविधानसभाको निर्वाचनमा एमाले उम्मेदवार मानन्धरलाई भोट हालेका मतदाता पनि उनको कार्यशैलीबाट रुष्ट रहेका कारण यो चुनावमा लोकतान्त्रिक गठबन्धनको पक्षमा पल्ला भारी देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा उनको पकड क्षेत्रका रुपमा रहेको काठमाडौं महाननगरपालिका १६ मा नेपाली काँग्रेसको वडा अध्यक्षका उम्मेदवार मुकुन्द रिजालले चुनाव जितेका थिए ।

मानन्धरले भूकम्प जाँदा र त्यसपछि जनताको सुखदुःखमा साथ नदिएको, बाइपासमा जनताको घर भत्काएर आफू नजिकका यातायात व्यवसायीका भाडाका टाक्सी, माइक्रोबस र मिनिटाटा पार्किङ स्थल बनाएको, सरकारी पद र बजेट दुरुपयोग गर्दै छिमेकीको घर भत्काउने र आफ्नो घर र फिल्म हल जोगाउन गैरकानुनी तबरले घर अगाडि पर्खाल लगाएको स्थानीयको आरोप छ ।


लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रममा युवा र पाका दुवै उमेर समूहका मतदाताहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ । उम्मेदवार घरघरमा पुग्दा स्थानीयले घरमा पुष्पगुच्छा सहित स्वागत गरेका थिए ।

निर्वाचनलाई व्यवस्थित गर्न लोकतान्त्रिक गठबन्धनले सम्पूर्ण बुथहरुमा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । घरदैलो कार्यक्रममा जनतासँग उम्मेदवारहरुले देशलाइ समृद्ध बनाउन र समाज सुधार गर्न लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनले मात्रै जनताका चाहना पूरा उनीहरुको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा