१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वएआईजी गणेश राईद्वारा नयाँ शक्ति परित्यागको घोषणा

१२ मंसिर २०७४, मंगलवार ११:०५

मङ्सिर १२, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गणेश राईले पार्टी परित्यागको घोषणा गरेका छन् ।  साथै उनले राजनीतिबाटै अलग भएको घोषणा गरेका छन् ।

उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् । नेपाल प्रहरीको पूर्व एआईजीसमेत रहेका उनले  नयाँशक्ति पार्टीमा विधिको शासन हुनु पर्छ, नेताहरुपनि प्रणालीमा चल्नुपर्छ, अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न नसकेपछि  राजनीतिबाट हुने  निर्णय लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘नेपाल प्रहरीजस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डो¥याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो’, विज्ञप्तिमा भनिएको छ, ‘ तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।


३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम  गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन ।’

पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले नयाँ शक्ति छाडे पनि नागरिकका रुपमा देशका लागि आफुले भूमिका खेल्ने राईको भनाइ छ ।

प्रेस विज्ञप्तिमा राईले भनेका छन्- ‘नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा नेपाल प्रहरी जस्तो अनुशासित फौजमा रहेर आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पुर्‍याउने मेरो सोच रहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु