पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठा"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन जोशीको दाबी– पर्वतवासीको मन–मनमा छु [भिडियोसहित]

१२ मंसिर २०७४, मंगलवार ११:१५

पर्वत,– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा सहभागिता जनाउने भनेर अन्तिम समयमा नाम काटिएका पर्वतका अर्जुन जोशी चौथो पटक चुनावी मैदानमा छन् ।

देउवा नेतृत्वको सरकारमा सहभागि गराउने भनिएपनि अन्तिममा उनको ठाउँमा धनुषाका समानुपातिक सांसद महेन्द्र दायव मन्त्री बने ।
सपथका लागि भनेर नयाँ कोट किनेपनि जोशी अन्तिममा खिन्न भए । २०५६ सालदेखि लगातार चुनाव जित्दै आएका जोशी चौथो पटक चुनावी प्रतिष्पर्धामा छन् ।

यसअघि पर्वतमा रहेका २ निर्वाचन क्षेत्रमध्ये जोशी १ बाट निर्वाचित हुँदै आएका थिए । गत संविधानसभा चुनावमा पर्वत २ मा एमालेका विकाश लम्साल विजयी भएका थिए ।

स्थानीय तहको निर्वाचनको मतसंख्याका हिसावले पर्वतमा वामपन्थी गठबन्धनको बाहुल्यता देखिन्छ । तर जोशी भने वामपन्थीको मत धेरै भएको हिसाव अमूर्त रहेको दावी गर्छन् ।
‘ढुङ्गा–मुडा या भेडा–बाख्राको पो गणना हुन सक्ला, मतदाताको हुँदैन’ जोशीले लोकान्तरसंग भने, ‘मतदाताको मनको गणना गर्न सकिदैन, पर्वत वासीको मन मनमा अर्जुन जोशी छ ।’

जोशीले पर्वतमा आफूले विकास निर्माणका थुप्रै काम गरेको बताए ।
पर्वतमा वामपन्थी गठबन्धनको तर्फबाट पद्म गिरी उम्मेदवार छन् । प्रदेश सभातर्फ निवर्तमान सांसद विकास लम्साल उम्मेदवार छन् ।
‘जनताको मनमा बस्न सकेँ । जनताको सेवा गर्ने ढंग पुग्यो, तर नेताको सेवा गर्न नसक्दा मन्त्री पद गुम्यो’ जोशी भन्छन, ‘मैले मन्त्री पाउनु पथ्र्यो भन्ने कुरामा मलाई मत नहाल्ने मतदाताको पनि माग थियो ।’

मतदाता के भन्छन् ?
पाङ–इन्द्रका प्रेम विक केही बर्ष विदेशमा भौतारिएर अहिले कुस्मामा फर्केर आधुनिक आरन चलाइरहेका छन् । राजनीतिक दल र नेताका आश्वासनप्रति उनलाई विश्वास छैन । ‘स्वदेशमै केही गरौ भनेर फर्केर आएको, तर हामीलाई उद्यम गर्नको लागि कुनै सुविधा छैन’ विकले भने, ‘जसले चुनाव जिते पनि विकास गर्छन भन्ने विश्वास छैन ।’
६५ बर्षीय पदमदत्त रेग्मीले ठट्यौली भाषामा भने, ‘अब नयाँ भैसी किन्ने विचार छ ।’ अन्य भेगका मतदाता जस्तै पर्वतका मतदातापनि राजनीतिक दलका क्रियाकलापप्रति आक्रोशित छन् ।
वामपन्थी गठबन्धनका उम्मेदवारहरु आफूहरुले लिएको सही नीतिका कारण पर्वतमा चुनाव जित्नेमा ढुक्क रहेको बताउछन् ।
मंसिर २१ गते हुने चुनावका लागि राजनीतिक दलहरुले प्रचार प्रसारको कामलाई तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु