१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा काँग्रेसको चुनावी सभामा बम विष्फोट, सात जना घाइते

१२ मंसिर २०७४, मंगलवार ११:३९

मङ्सिर १२, दाङ । नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी केहीबेर अघि यहाँ बम विष्फोट गराइएको छ ।

काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् । 

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । 

प्रधानमन्त्रीलगायत काँग्रेस नेताहरु सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु