२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुईवटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय

२०७४, १२ मंसिर मंगलवार १२:३८

मङ्सिर १२, काठमाडौँ ।  निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । 

रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगको आज बसेको बैठकले मंसिर १० गते भएको मतदानमध्ये बाँफीकोट गाउँपालिका–५ रत्न मावि, काँडा मतदान केन्द्र (क)मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मात्र र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि, गत्तसैना मतदान केन्द्र (ख)मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतदान मात्र रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

उक्त मतदान केन्द्रमा प्रयोग भएको मतपेटिकामा आगलागी भएपछि आयोगले मंसिर १५ गते शुक्रबार पुन ः मतदान गर्ने निर्णय गरेको हो । आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) लाई निर्देशन दिएको छ । 

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्र बाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको जनाएको छ । रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा