१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुईवटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय

१२ मंसिर २०७४, मंगलवार १२:३८

मङ्सिर १२, काठमाडौँ ।  निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । 

रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगको आज बसेको बैठकले मंसिर १० गते भएको मतदानमध्ये बाँफीकोट गाउँपालिका–५ रत्न मावि, काँडा मतदान केन्द्र (क)मा भएको प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली मात्र र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि, गत्तसैना मतदान केन्द्र (ख)मा भएको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतदान मात्र रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

उक्त मतदान केन्द्रमा प्रयोग भएको मतपेटिकामा आगलागी भएपछि आयोगले मंसिर १५ गते शुक्रबार पुन ः मतदान गर्ने निर्णय गरेको हो । आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाई पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) लाई निर्देशन दिएको छ । 

साथै आयोगले निर्वाचन गराउने सन्दर्भमा मतपत्र बाहेकका मतदान सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय, रुकुम पश्चिमलाई मिलाउन निर्देशन दिएको जनाएको छ । रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा खोली ती मतपेटिकामा रहेका मतपत्र आगो लगाई नष्ट गर्नसमेत निर्देशन दिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु