२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ: दाहाल

१२ मंसिर २०७४, मंगलवार १३:००

मङ्सिर १२, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धि नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना रहेको बताउनुभएको छ । 

चितवनको भरतपुरमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्र र नेपाली जनताको हितमा गर्ने गरेका साहसिक निर्णयको परिणामकै आधारमा अहिले जनताले यस्तो चाहना गरेको दाबी गर्नुभयो । 

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले जनताको भावना पूरा गरेर छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । एउटा नेताले विद्रोह, शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतान्त्रिक प्रक्रियाको पनि नेतृत्व गर्ने अवसर कमैलाई हुने भन्दै उहाँले आफूले त्यस्तो भूमिका खेल्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष दाहालले अहिलेसम्म आफूले काँग्रेसलाई धोका नदिएको बताउनुभयो । उहाँले वाम एकताको घोषणा अगाडि प्रधानमन्त्री देउवालाई जानकारी गराएर आएको समेत बताउनुभयो । अहिले पनि सरकारमै रहेकाले आगामी समयमा पनि काँग्रेससँग सहकार्य हुने दाहालको भनाइ थियो । 

सिद्धान्त र विचार मिल्नेसँग सहकार्य गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । अहिले चितवनमा चुनावी अभियानमा हिँड्दा जनताको चाहना सडक कालोपत्र बनोस्, जंगली जनावरबाट सुरक्षाको ग्यारेन्टी र नारायणी राप्ती तथा रिउ नदीको तटबन्ध खोजेको बताउनुभयो । 

यी समस्या समाधान गर्ने भन्दै उहाँले चितवनका सचेत जनताको अभिमत लिएर राष्ट्रकै नेतृत्व गर्ने बताउनुभयो । उहाँले चितवनलाई एशियाली मापदण्डको शहरका रुपमा विकास गर्ने योजना आफूले बनाएको उल्लेख गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य