2026-08-31 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ: दाहाल

मङ्सिर १२, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धि नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना रहेको बताउनुभएको छ । 

चितवनको भरतपुरमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्र र नेपाली जनताको हितमा गर्ने गरेका साहसिक निर्णयको परिणामकै आधारमा अहिले जनताले यस्तो चाहना गरेको दाबी गर्नुभयो । 

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले जनताको भावना पूरा गरेर छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । एउटा नेताले विद्रोह, शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतान्त्रिक प्रक्रियाको पनि नेतृत्व गर्ने अवसर कमैलाई हुने भन्दै उहाँले आफूले त्यस्तो भूमिका खेल्ने अवसर प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । 

राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष दाहालले अहिलेसम्म आफूले काँग्रेसलाई धोका नदिएको बताउनुभयो । उहाँले वाम एकताको घोषणा अगाडि प्रधानमन्त्री देउवालाई जानकारी गराएर आएको समेत बताउनुभयो । अहिले पनि सरकारमै रहेकाले आगामी समयमा पनि काँग्रेससँग सहकार्य हुने दाहालको भनाइ थियो । 

सिद्धान्त र विचार मिल्नेसँग सहकार्य गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । अहिले चितवनमा चुनावी अभियानमा हिँड्दा जनताको चाहना सडक कालोपत्र बनोस्, जंगली जनावरबाट सुरक्षाको ग्यारेन्टी र नारायणी राप्ती तथा रिउ नदीको तटबन्ध खोजेको बताउनुभयो । 

यी समस्या समाधान गर्ने भन्दै उहाँले चितवनका सचेत जनताको अभिमत लिएर राष्ट्रकै नेतृत्व गर्ने बताउनुभयो । उहाँले चितवनलाई एशियाली मापदण्डको शहरका रुपमा विकास गर्ने योजना आफूले बनाएको उल्लेख गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो