२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले एमालेसहित पाँच दैनिक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण माग्यो

२०७४, १२ मंसिर मंगलवार १६:०३

मङ्सिर १२, काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । 

एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । 

उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।” 

पाँच दैनिक पत्रिकालाई स्पष्टीकरण 

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ । 

‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिएको छ । 

स्पष्टीकरणमा भनिएको छ, “आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता विपरित आज प्रकाशित दैनिक पत्रिकामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।” 

मतपेटिका सदरमुकाममा ल्याउने कार्य अन्तिम चरणमा 

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भएको जनाएको छ । 

अब बाँकी रहेको डोल्पा जिल्लाका नौ वटा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, दुई हजार ९१७ मतदानस्थलमध्ये अब डोल्पा जिल्लाका नौ मतदान स्थलका मतपेटिका आउन बाँकी रहेका छन् । 

डोल्पाका ६६ मतदान स्थलमध्ये से–फोक्सुन्डोमा तीन मतदानस्थल र थार्का ताङसोङ्कामा छ मतदानस्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसकेको कारण आज ल्याउन नसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल