११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले एमालेसहित पाँच दैनिक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण माग्यो

१२ मंसिर २०७४, मंगलवार १६:०३

मङ्सिर १२, काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । 

एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । 

उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।” 

पाँच दैनिक पत्रिकालाई स्पष्टीकरण 

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ । 

‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिएको छ । 

स्पष्टीकरणमा भनिएको छ, “आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता विपरित आज प्रकाशित दैनिक पत्रिकामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।” 

मतपेटिका सदरमुकाममा ल्याउने कार्य अन्तिम चरणमा 

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३१ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भएको जनाएको छ । 

अब बाँकी रहेको डोल्पा जिल्लाका नौ वटा मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, दुई हजार ९१७ मतदानस्थलमध्ये अब डोल्पा जिल्लाका नौ मतदान स्थलका मतपेटिका आउन बाँकी रहेका छन् । 

डोल्पाका ६६ मतदान स्थलमध्ये से–फोक्सुन्डोमा तीन मतदानस्थल र थार्का ताङसोङ्कामा छ मतदानस्थलका मतपेटिका लिन हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसकेको कारण आज ल्याउन नसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य