२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

२०७४, १३ मंसिर बुधबार ११:५१

मंसिर १३, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।

बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीको निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि माग गर्दछौं ।’

कांग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न समेत सरकार समक्ष माग गरेको छ । बम विष्फोटमा गम्भीर घाइते भएका सुरक्षाकर्मी तुलसीपुर उपमहानगरपालिका १८ का चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएको थियो ।

नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको थियो । 

मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा करिब मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा बम बिष्पोट भएको थियो ।

बम विष्पोट गराउने समुह र प्रयोग गरिएको सवारीसाधनको खोजी कार्य जारीरहेको प्रहरीले बताएको छ । विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल