१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन कम्युनिष्ट शासन लागू गर्न उद्दत: प्रधानमन्त्री

१३ मंसिर २०७४, बुधबार १२:३४

मङ्सिर १३, स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाउनु भएको छ । 

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताउनुभयो । 

“संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भन्नुभयो, “संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन ।” 

सो चुनावीसभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दाबी गर्दै समस्याको समाधानका लागि काँग्रेस चाहिने बताउनुभयो । 

उहाँले मुलुक अब लोकतन्त्रको बाटोमा अगाडि बढिसकेकाले यसलाई कुनै पनि तागतले रोक्न सक्दैन् भन्नुभयो । नेता पौडेलले यो निर्वाचन नेपाली जनताको भाग्य र भविष्य कोर्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस चुनाव प्रचारप्रसार अभियानका संयोजक बालकृष्ण खाँण, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु