२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

२०७४, १३ मंसिर बुधबार १२:४८

पूर्णप्रसाद न्यौपाने/मङ्सिर १३, ओखलढुंगा । ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग गरेको छ । 

मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गरेर पुनःमतदान गराउन गठबन्धनले माग गरेको हो ।  

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र बरिपरिवाट कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि हिसावले मतदान गराएकाले पुनः मतदान गराउन माग छ । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं क्षेत्र ख का उम्मेदवार मोहन खड्काले विज्ञप्ती जारी गर्दै बलखु लगायत सुनकोशीको वडा नं. ४ र ५, चम्पादेवीको विलन्दुमा गाउँपालिका प्रमुख नबराज केशीसहितको नेतृत्वमा भएको आक्रमण तथा मोलुंग ४ मा कुलबहादुर खत्रीको घरमा भएको प्रहरी हस्तक्षेपको छानविन गरि कारवाही गर्न माग गरेका छन् ।

मतपेटिका ढुवनी भइ सकेपछि मतदानको माग गरेको विषयमा वाम गठबन्धनका संघीय प्रतिनिधी सभाका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बलखु लगायतका केहि स्थानबाहेक शानितपूर्ण मतदान भए पनि बलखुका दुई केन्द्रमा वडा अध्यक्ष, एमाले नेताहरु समेतले मतदान गर्न जान नसक्ने आतंकका बीचमा भएको निर्वाचन स्वीकार योग्य नभएको बताउनुभयो । उहाँले सर्वदलीय बैठकमा समेत पुनः मतदान गराउन माग गर्नुभएको थियो । 

मंसिर १० गते मतदानको दिन विहान ९ बजे मतदान धमाधम भइरहेको समयमा मतदान स्थलभन्दा १०० मिटर पर वाम गठबन्धनका नेता जिवी खड्का लगायतका दर्जनबढी कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका थिए । 

गठबन्धन समर्थक मतदातालाई मतदानमा सहभागि हुन आवत जावतमा नेपाली काँग्रेसका उम्मेदवार समर्थक बुद्ध लामा र सञ्जय तामाङ लगायतका कार्यकर्ताहरुले रोक लगाएका थिए । बञ्चरो र खुकुरी प्रहारबाट खड्कासहितका नेता घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

घटनापछि मतदान स्थलमा भएका सुनकोशी गाउँपालिका २ का वडा अध्यक्ष खिलानाथ तामाङ सहितका गठबन्धनका कार्यकर्ताहरु मतदान नै नगरि भागेका थिए । बुथ कब्जा र हतियार सहितको आक्रमण भए पनि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायलाई खबर नगरेको वाम गठबन्धनको आरोप छ ।

यसैबिच पुनः मतदान गराउन सक्ने अवस्था नरहेको मतदान अधिकृत अधिकृत कैलाश केशीले बताउनुभयो । मतदान अधिकृतले शान्तिपूर्ण मतदान भएको भन्ने प्रतिवेदन दिएकाले पुनः मतदान गराउन नसकिने उहाँको भनाई छ ।

गठबन्धनले विज्ञप्ति मार्फत सबै गटना छानविन गरेर दोषीमाथि कारवाही गर्न र पुनः मतदान नगराए त्यसपछि आउने परिस्थितिको समाना गर्न तयार रहन चेतावनी समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु