2026-08-27 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’

मङ्सिर १४, मोरङ । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो । 

उहाँले रासससँग भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आफ्नो निर्णय आफैँ गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ । 

“पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उहाँले भन्नुभयो, “२०५१ सालमा आपूmले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आफ्नो गाउँ रहेको छ । 

महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो ।” उहाँले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाउनुभयो । 

पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ । “छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आफुले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।” 

सुनबर्षी–१ की सकिना खातुनले आपूmहरुले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आआप्mना समस्यासमेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भन्दा पनि हामीहरु सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ ।” 

केही समय अगाडिसम्म घरमा आफ्न पति, ससुरा र गाउँका पुरुषले उनीहरुले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् । प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल छ लाख ४४ हजार ७८२ मतदाता छन् । 

रोजगारी दिनेलाई मतदान 

पथरी शनिश्चरे–८ का स्नातकोत्तर अनिल पौडेल बेरोजगार हुनुहुन्छ । उहाँसँगै स्नातकोत्तर ईश्वर शर्मा र सुनवर्षी नगरपालिका–१ का प्रकाश सिंह यहाँ रोजगारी नपाएर खाडी मुलुक साउदी अरब जानुभयो । उहाँसँगै द्वितीय श्रेणीमा बिएड उत्तीर्ण भजन सिंह पनि रोजगारीका लागि मलेसिया पुगेको दुई महिना भयो । पौडेलका कान्छा भाइ सुनिल र प्रकाशका कान्छा भाइ निर्मल कक्षा १२ मा पढ्छन् ।

आफ्नै देशमा रोजगारीको अवसर नभएर दाजुहरु स्नातकोत्तर उत्तीर्ण गरेर पनि वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भएको अवस्था देखी आपूmलाई पढ्न मन नलाग्ने सुनिल र निर्मल बताउनुहुन्छ । “मन खिन्न हुन्छ आखिर जति पढे पनि अन्त्यमा खाडी मुलुकको चर्को गर्मी खानैपर्ने हुन्छ ”, सुनिलले भन्नुभयो । 

गाउँका युवा प्रत्येक दिन खाडी मुलुक रोजगारीकै लागि गइरहेका छन् । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसमेत पढाइ छाड्दै उमेर बढाएर वैदेशिक रोजगारीमा गइरहेको उहाँहरु बताउनुहुन्छ । “पढेलेखेका गाउँमै केही गर्न नचाहेर होइन, हुन नसक्ने अवस्थाले वैदेशिक रोजगारीमा जान बाध्य छन्,” अनिलले भन्नुभयो, “गाउँमा खेती गर्न खोजियो भने सिँचाइ, कृषि मल, उन्नत बीउको अभाव, गाई, भैँसी, बाख्रापालन र व्यापार नै गर्न खोजियो भने सुलभ र सहज तरिकाले ऋणसमेत पाउन नसकिने अवस्थामा युवा के चाहिँ गरेर नेपाल बसून् विकल्प त सरकारले दिनुप¥यो नि ?” 

अहिले नेताहरु मत माग्न घरदैलोमा आइरहेको र उमेदवारहरु आआफ्ना अनेक चुनावी नारा सुनाउने गर्छन् तर आपूm एउटै माग युवालाई ६० डिग्री तापक्रममा काम गर्न विदेशमा नबेची स्वदेशमै रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई आफूहरुले मत दिने उहाँहरुको भनाइ छ । 

पथरी शनिश्चरे–१ का इन्द्र अधिकारीले इञ्जिनीयर, ओभरसियर, डाक्टर पढेकाहरु रोजगारीका लागि विदेश गइरहेको बताउनुभयो । आपूmले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकाले नेपालमै अवसरको खोजीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्न सके के हँुदैन तर त्यसका लागि वातावरण उचित हुनुपर्छ ।” उहाँले यहीँ केही गर्ने अवसरका लागि वातावरण बनाइदिने उम्मेदवारलाई यसपालि आपूmहरुले मत दिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “युवा लक्षित सुलभ र सहज ऋणलगायतको व्यवस्था गर्नु आवश्यक छ । खासगरी युवालाई उत्पादनमूलक व्यवसायका लागि सरकारले उचित वातावरणको निर्माण गर्ने योजना ल्याउनु आवश्यक छ ।” 

पथरी शनिश्चरे–२ का चक्र लिम्बू चुनावमा अनेक सपना देखाउँदै जितेर गएपछि कहिल्यै फर्केर नआउने उम्मेदवारलाई यसपालि आपूmहरुले ठेगान लगाउने सुनाउनुभयो । “उम्मेदवारले गरेको चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ अनि मात्रै वर्षौंदेखि ज्यूँ का त्यूँ रहेका समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो, “पढेलेखेका युवालाई उत्पादनमूलक व्यवसाय गर्न आवश्यक सहयोग हुनुप¥यो ।” गोपालप्रसाद पोखरेल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’