2026-07-03 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादीले मन्त्री बस्नेतसहित ५ पोलिटब्युरो सदस्यलाई कारबाही गर्यो (बिज्ञप्तिसहित)

2017-11-30

खकेन्द्र केसी/मंसिर १४, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सिफारिस गरेको छ भने एक जनाको जिम्मेवारी खोसिएको छ ।

सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर (विवेक), कृतिबहादुर पुन –प्रकाण्डसिंह), रमेश मल्ल (आदर्श), र रत्न बहादुर ओलि (तुफानसिंह) लाई पार्टी विधान बमोजिम हदै सम्मको कार्बाहिका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानले एक प्रेस विज्ञप्ती मार्फत आज खलंगामा पत्रकार सम्मेलग गरी जानकारी दिएको हो ।


केहि दिन अघि माओवादीका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी ९छहारी० लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उनको ठाउँमा निम वहादुर केसी ९अरुण० लाई चयन गरीएको जानकारी दिएका थिए । तर अरुणको जिम्मेवारी खोसीएको र जिल्ला पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठक कारवाही गरिएको दिएको छ ।

बुधबार बसेको जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठकका निर्यनयहरु बिहीबार पत्रकार सम्मेलनमा सार्वजनीक गर्दै संयोजक कर्णबहादुर बुढाथोकी (छहारी) ले आफुहरुको उमेदार बामगठबन्धन बिरुद्व नभएर टेकबहादुर बस्नेत विरुद्व भएको बताएका छन् । 

उनले टेकबहादुर प्रति आक्रोस हुदै भने  “दुई दुई पटक जितेर संसद हुदा पनि सल्यानमा केहि गर्न सकेनन् अब टेकबहादुरको पार्टीमा पनि काम छैन त्यसैले हामीले उमेदारी दिएका हौँ ।”

जिल्लाको सम्पुर्ण पार्टीपंति आफुतिर भएको भन्दै उनले आफुहरुलाई गरेको कारबाहि साच्चीकैको कारबाही नभएर देखाउनलाई गरेको् तर त्यसलाई जिल्ला कमिटीले खारेज गरेको बताएका छन् । सल्यानमा माओवादी केन्द्रमा ६४ सचिवालय सदस्य रहेकामा २५ सदस्यमात्रै बाम गठबन्धनतिर अरु सबै आफुतिर रहेको जिल्ला संयोजक छहारीले दावि गरेका छन् ।


यस्ता छन् प्रेस विज्ञप्तीमा सम्मेलन आयोजक समितिको पुर्ण बैठकले गरेका निर्यनयहरु 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो