३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पक्कि पुलको संख्या यसरी बढ्यो

१४ मंसिर २०७४, बिहीबार ११:०४

प्रेम सुनार/मंसिर १४, गुल्मी ।  नेपाली  कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले पुर्तिघाटको चुनावी सभामा वोले अनुसार उनले यस अघि भनेको भन्दा जिल्लाभर पक्की पुलको संख्या अरु थप १० वटा बढि देखिएको छ ।  

‘यस अघि मैले ४२ वटा पुल  गुल्मीमा मेरो पहलमा बनेको र बन्दै गरेको कुरालाई विपक्षीहरुले  व्याङ्ग गरे, जथाभावी लेखे’–  भण्डारीले भने –‘४२ वटा मात्रै होईन सर्वे  गरेको सहित ५२ वटा पुल रहेका छन्  तर   ७/८ कक्षा पढेका र केहि गर्न नसक्नेहरुलाई के थाह  ?’ 

केहि दिन अघि नेता भण्डारी आफुले गुल्मीमा ४२ वटा पुल पारेको भन्ने कुरालाई विपक्षीहरुले जिल्ला भर गनेर खै त त्यो संख्याका  पुल कहाँ हराए  ? भन्दै व्याङ्ग गरेर सामाजिक संञ्जालहरुमा लेखेको कुरा प्रति चड्कीदै उनले भने– ‘उ ल  हेर्नुहोस यो पुर्तिघाटको पुल समेत स्थानियको आग्रहमा मैले एक हप्ता मै पारी दिएको हुँ । ’

उनले पुर्तिघाटमा बनेको पुल, काािलगण्डकी कोरिडोर समेत कांग्रेस कै पहलमा निर्माण सुरु भएको दावि गरे । त्यति मात्र होईन , जिल्लाका सवै मोटरबाटा, खानेपानी योजना शैक्षिक विकास सहित भएका सवै विकास निर्मामाण आफु र कांग्रेसले नै गरेको बताए । 

विकास निमार्ण मात्र होईन, माओवादीलाई शान्ति प्रकृयामा ल्याउने , राजा फाल्ने, संविधान सभाको चुनाव गराउने र संविधान ल्याउने  पनि कांग्रेस नै भएको जिकिर गरे ।  

त्यस्तै उनले गाउँ गाउँमा सिंहदरवार ल्याउने, दलित, जनजाती महिलालाई अधिकार दिलाउने पनि कांग्रेस नै भएको र  कम्युनिष्टहरुले भाषण सिवाय यो देशमा केहि गर्न नसकेको भन्दै आलोचना गरे । 

भाषणको झण्डै एक घण्टा सम्म कम्युनिष्टहरुको आलोचना मै सयमय खर्चिएका नेता भण्डारीले २०६४ सालको निर्वाचन पछि  कम्युनिष्टहरुको सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गलाई वनाई दिन सुरु गरिएको घर समेत आफ्नो अवधारणमा गुल्मीमा बन्न लागेको दावि गरे । 

उनले दशै ताका सरकारले बनाउन लागेका गुल्मीका वोटे माझी र कुमाल समुदाय लगायतको घर आफ्नो उपहार भन्दै फेशवुकमा लेखेका थिए । उक्त कुरा सहित  उनले जिल्लाभर भएको विकास निर्माण जति सवै आफु र नेपाली कांग्रेसले मात्रै गरेको भन्दै हिड्न थाले पछि उनको भनाईलाई वामगठबन्धनका नेताहरुले व्यापाक रुपमा व्याङ्ग गरिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली