१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको एमालेको आरोप

१४ मंसिर २०७४, बिहीबार ११:४५

मङ्सिर १४, काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाउनुभएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । 

लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उहाँले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर उहाँले गर्नुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु