१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आनन्द बजारलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्छु: विना

१४ मंसिर २०७४, बिहीबार १२:३०

भास्कर के.सी./मङ्सिर १४, कञ्चनपुर । चुनाव नजिकिए सगैं बाम गठबन्धनले पनि प्रचार प्रसार तिव्र पारेको छ । 

यसै क्रममा क्षेत्र नं. १ पुनर्वास नगरपालिकामा वडा नं. ७, ६, ५,४ मा घरदैलो साथ कोण सभाको गरिएको छ । वडा ६को गोबिन्द बजार(आनन्द) स्थित कोण सभालाई सम्बोन्धन गर्दे सिमाको विवादमा भारतिय शस्त्र प्रहरीको गोली लागि शहिद भएका गोविन्द गौतमको त्यस स्थानलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्ने साथै शहिद गोविन्द गौतम संग्रालयको स्थापन गर्ने जस्ता कुराहरु  प्रतिनिधि सभा कि प्रत्यक्ष उम्मेदवार विना मगरले बताउनु भयो ।


त्यसै गरी कञ्चनपुरको भिनपा स्थित खल्लामसोटीमा बाम गठबन्धनक प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार डा. दिपक प्रकाश भट्ट प्रदेश सभाका प्रकाश रावल र समानुपातिक माओवादी तर्फकी कौशल्या ओझाले कोण सभाको आयोजना गरेका छन् । 

कोण सभालाई सम्बोधन गर्दै  डा. दिपक प्रकाश भट्टले आफुले जिते त्यस क्षेत्रको विकासको लागि छिटो भन्दा छिटो पहल गर्नुको साथै सडक निर्माण लगायात विद्युत, यातायातको सुविधा तथा खानेपानीको व्यस्था गर्नुको साथै स्वास्थ्य सेवा केन्द्र र विद्यालयको व्यवस्था गर्ने बताउनु भयो । त्यसैगरी बह्रमदेव, जिम्मुवामा पनि कोण सभाको आयोजना गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु