२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठका निर्णयहरु

२०७४, १४ मंसिर बिहीबार १५:०४

मनोज पराजुली/मङ्सिर १४, काठमाडौँ । सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बिहिबार प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो । सरकारले मकवानपुरको रातमाटादेखि चौकीटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउन र रातमाटादेखि राप्तिपुलसम्मको बाइपासलाई राजमार्गका रुपमा लिने निर्णय समेत गरेको छ । 

नारायण मुग्लिन सडक खण्ड अन्तरगत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ । सरकारले नेपाल चेम्बर अफ कमर्शको विधान संम्सोधनलाई स्वीकृत गर्ने निर्णय गरेको संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । 

उहाँले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेश कुमार त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दी भन्दा बढी जग्गा राख्ने निर्णय गरेको छ । उच्चस्तरीय परराष्ट्रनीति पुनरावलोकन समितिको म्याद थप्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा