प्रदेश नं.पाँचलाई धार्मिक तथा पर्यटकीय हवको रुपमा विकास गर्ने छु - पोख्रेल

Posted on: 30 Nov, 2017

    राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी जगतप्रसाद पोख्रेल आगामी मंसिर २१ गते हुँदै गरेको प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका छन् । राप्ती उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्ष समेत रहेका पोख्रेल प्रदेशसभा सदस्य पदमा दाङ क्षेत्र नं. १ “क” बाट उम्मेदवार बनेका छन् । दाङलाई प्रदेश नम्बर ५ को राजधानी सहित प्रदेशलाई समृद्ध बनाउने एजेण्डा चुनावी प्रचार अभियानमा केन्द्रित बनाएका छन् । यसैबीच दाङ क्षेत्र नं. १ प्रदेश सभा “क” का उम्मेदवार जगतप्रसाद पोख्रेलसंग साझासबाल दाङ जिल्ला सम्पादक सन्ताेषकुमार गुप्ताले गर्नुभएकाे कुराकानीको सारसंक्षेप -सम्पादक

जगतप्रसाद पोख्रेल
प्रदेशसभा सदस्यका उम्मेदवार,दाङ क्षेत्र नं. १ ‘क’

सर्वप्रथम यहाँलाई साझासबालकाे कुराकानीमा स्वागत छ ।

धन्यबाद ।

निर्वाचन प्रचार—प्रसारलाई कसरी अगाडी बढाउनु भएको छ ? 

मतदाताहरुको बीचमा पुग्ने काम भइरहेको छ । मतदाताहरुसंग भेट गर्दै हिँडिरहेको छु । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र साविक बेला गाविसमा मतदातामाझ पुगिरहेको छु । मतदाताहरु निर्वाचनलाई लिएर उत्साहित भएको पाएको छु । छलफल अन्तत्र्रिmयाहरु गरिरहेको छु । व्यक्तिगत तथा समुहगत रुपमा भेट भइरहेको छ । 

३.निर्वाचनको प्रचार–प्रसार ब्यापक तरिकाले नै लाग्नु भा रै छ । मतदाताहरुमा कस्तो उत्साह पाउनुभएको छ नी ? 

निर्वाचनलाई लिएर मतदाताहरु उत्साहित भएको पाएको छु । अहिले नयाँ संरचना अनुसार निर्वाचन भइरहेकाले संविधानको कार्यान्वयनको पर्खाइमा रहेका मतदाताहरु यस पटकको निर्वाचनमा मतदान गर्न पाउँदा उत्साहित भएका छन् । यस अघि चुनाव जितेर गएका नेतृत्वले प्रतिबद्धता जाहेर गरेअनुसारको सपेक्षित काम नभएकाले नयाँ नेतृत्वको खोजी गरिरहेको महशुष चुनाव प्रचारको क्रममा भएको छ । 

मतदाताले तपाईलाई कसरी चिन्ने नी ? 

२०३५ सालमा प्यूठान जिल्लाको साविक रस्पुरकोट गाविस वडा नं. ९ चौरपानीमा मेरो जन्म भएको हो । २०५५ सालमा भालुवाङ आउनु भन्दा अघि प्यूठानमा रहँदा पनि मैले व्यवसाय शुरु गरिसकेको थिए । भालुवाङमा पनि मैले व्यवसायलाई अघि बढाए । २०६३ सालमा राप्ती उद्योग वाणिज्य संघ स्थापना भएसंगै पहिलो कार्यकालमा सदस्य पदमा रही उद्योगी व्यवसायीहरुको छाता संगठनमा प्रवेश गरेको हुँ । २०६५ सालको उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको एकल समर्थनमा चुनावी मैदानमा होमिएको थिए । त्यतिबेला कांग्रेस, एमाले, माओवादी र अन्य दलहरु एकापट्टी थिए । चुनावी मैदानमा गठबन्धनसंग एक्लै प्रतिस्पर्धामा उत्रिएर पनि विजय हासिल गरेको हुँ । व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा ठानेर निर्वाचनबाट चुनेर विजयी बनाएका हुन् । दुईवर्षे कार्यकाल पूरा गरी २०६८ सालमा पुनः उद्योग वाणिज्य संघको दोस्रो कार्यकालका लागि फेरि उम्मेदवारी दिए । त्यतिबेला पनि म विजयी भए । मेरो अध्यक्षतामा बनेको टिमले भालुवाङको समग्र विकासको अभियान थालियो । राप्ती उद्योग वाणिज्य संघको सभाहल, भालुवाङको पुल्चोक बजारलाई सुधार गर्न पहल गरियो र सुधार पनि भयो । बाटो अहिले चौडा बनेको छ । उद्योग वाणिज्य संघको पहलमा भित्री सडकहरु खोल्ने काम भयो । उद्योग वाणिज्य संघबाट सामाजिक कामको नेतृत्व गर्दा सबैमा सकारात्मक प्रभाव पार्न सफल भए । अहिले सर्वसम्मत रुपमा व्यवसायीको साझा उम्मेदवारको रुपमा राप्ती उद्योग वाणिज्य संघको अध्यक्ष भएर तेस्रो कार्यकालको पनि नेतृत्व गरिरहेको छु । अहिले निर्वाचनबाट नभई सबैको साझा उम्मेदवार सर्वसम्मत रुपमा नेतृत्वमा पुगेको हुँ । व्यवसायीहरुको पक्षमा राम्रो काम गरेको भन्दै व्यवसायीहरुले पनि मलाई साझा उम्मेदवारको रुपमा चयन गर्नु भएको हो । सडक सुधार गर्ने, सरसफाइको काम व्यवस्थित गर्ने, सडक बत्ती, व्यवसायीहरुको हक हितका लागि व्यक्तिगत काम छाडेर पनि म निरन्तर लागिरहेको छु । उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा राजनीतिक दल, समाजसेवी र बुद्धिजीवीहरुलाई साथ लिएर अघि बढेको छु । मलाई विकासप्रेमी नेतृत्वको रुपमा बुझ्नुभएको छ । अहिले केही साथीहरु मिलेर राप्ती फिड इण्ड्रष्टीज सञ्चालन गरेका छौं । आर्थिक समृद्धिबाट मात्रै गरिवी अन्त्य गर्न सकिन्छ भन्ने मुख्य सिकाइ हो । स्थानीय नागरिक शुभेच्छुकहरुको आग्रहमै अहिले निर्वाचनमा होमिएको हुँ । मलाई सबैले विश्वास गरेर विजय गराउनुहुनेछ भन्ने आशा गरेको छु । 

तपाईको मुख्य चुनावी एजेण्डा के हो ? के त्यो सबै पुरा गर्न सक्नु हुन्छ त ? 

अहिलेको निर्वाचन भनेकै संविधानको कार्यान्वयन, गणतन्त्रको रक्षा समृद्ध नेपाल, राष्ट्रियताको रक्षाका लागि नै हो । म प्रदेशसभा सदस्यको उम्मेदवार भएकाले प्रदेशको विकास पहिलो प्राथमिकतामा राखेको छु । पाँच नं. प्रदेशको राजधानी दाङ बनाउने मुख्य एजेण्डा छ । दाङ राजधानी भएपछि कहाँ कार्यालयहरु राख्ने भन्ने विषयमा पछि छलफल गरेर सबैलाई पायक पर्ने ठाउँमा राख्ने हो । पाँच नं. प्रदेशलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको हवको रुपमा विकास गर्न सकिन्छ । समावेशी विकास प्याकेजमा गराउन सकिन्छ । यसमा मेरो जोड रहन्छ । देउखुरीको पर्यटकीय क्षेत्रलाई मुख्य केन्द्र मानेर पर्यटक क्षेत्रको विकास गर्न सकिन्छ । यहाँ रहेको जखेरा ताल, जंगलकुटी, देवीकोट, रिहार बगारबाबा, धानकोलाको प्रसिद्ध धार्मिक तीर्थस्थल शवगढी, हर्सेडाँडा, खड्गेश्वरी मन्दिर, धारापानी, अम्वीकेश्वरी, बराह क्षेत्रलगायत प्रदेशका अन्य जिल्लामा रहेका पर्यटकीय तथा धार्मिक स्थलसंग जोडेर धार्मिक पर्यटकीय करिडोर बनाउन सकिन्छ । देउखुरीमा एकरात बास बसेर यहाँका पर्यटकीय क्षेत्रको अवलोकन गरेर लुम्बिनी, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला, प्यूठानको गौमुखी पुग्न सकिन्छ । मौरीघाटबाट देवीकोटसम्म केबुलकार चलाउन सकिन्छ । 

थारु, मगर र यादव समुदायको कल्चरअनुसार होम स्टे बनाउन सकिन्छ । त्यसमा मेरो ध्यान छ । राप्ती नदीमा ¥याफ्टिकङ सञ्चालन गरी चिल्ड्रेन पार्क, फनपार्क बनाएर आर्थिक विकास गर्न सकिन्छ । अर्को कुरा देउखुरीलाई आधुनिक शहर बनाउन सकिन्छ । हाम्रा गाउँहरुलाई स्मार्ट भिलेज बनाउँदै लमही, भालुवाङ र गढवालाई आधुनिक शहरको रुपमा विकास गर्ने योजना छ । सिंगो देउखुरीलाई एउटै नक्सामा राखेर नमूना सिटी बनाउने योजना छ । देउखुरीमा समग्र विकासको लागि नमूना कृषि प्लट बनाउने, औद्योगिक क्षेत्र बनाउने, पर्यटकीय क्षेत्र अर्को ठाउँमा, बाटोघाटो एउटै प्रकृतिका बनाउने र पहिचान स्थापित गर्ने लक्ष्य राखेको छु । प्रत्येक टोलबाट यातायातको सुविधा हुन आवश्यक छ । प्रत्येक टोल–टोलमा यातायातको पहुँच हुन जरुरी छ । त्यो सभ्भव म बनाउँछु , घरबाट निस्केपछि सार्वजनिक यातायातमा सवार हुन सक्ने योजना छ । देउखुरीमा बृहत् खानेपानी योजना सञ्चालनको लक्ष्य छ । विकट वस्तीहरुमा खानेपानी पु¥याउन जरुरी छ । त्यसको लागि योजनाबद्धरुपमा अघि बढ्छु । अर्को कुरा देउखुरीको प्रमुख समस्या भनेको राप्ती नदीको कटान र डुबान हो । 

राप्ती नदीको तटबन्ध र व्यवस्थापन गरी जग्गा उकास कार्यक्रम सञ्चालन गर्ने योजना छ । राप्ती गाउँपालिकाको चैतेबाट हाँसीपुरको जबरकोट हुँदै विपी मार्गले दाङ घोराही जोड्ने सडकमा नियमित यातायातका साधनहरु सञ्चालन गर्ने योृजना छ । जसले गर्दा यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुनेछ । देशको समृद्धिका लागि आर्थिक विकास हुन जरुरी छ । जसका लागि उद्योग स्थापना हुनु आवश्यक छ । विदेशी मुलुकबाट आयात हुने वस्तुलाई रोक्दै स्थानीय उत्पादनलाई प्राथमिकतामा जोड दिई नेपालमा उद्योगमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसको शुरुबात मेरो क्षेत्रबाट हुनेछ । एकातिर देशको आर्थिक समृद्धि हुन्छ भने अर्कोतर्फ विदेशीएका युवाहरुलाई स्वदेशमै फर्कन र रोजगारी गर्न प्रेरित गर्छ । अनि देशले मुहार फेर्नेछ अर्को कुरा हाम्रा गाउँ तथा शहर अव्यवस्थित छन् । सैयौं वर्षदेखि बसोबास गर्दै आएका तर नेपाल सरकारबाट स्वामित्व प्राप्त गर्न नसकेका ऐलानी तथा पर्ति जग्गा जसले भोगचलन गर्दै आएको छ । त्यसैलाई नै स्वामित्व दिनका लागि मेरो पहल रहनेछ । यस क्षेत्रमा रहेका भालुवाङ सिसहनिया जस्ता बजारहरुमा सरसफाइ तथा ढल निकासका लागि नमूना काम गर्नेछु । भालुवाङदेखि उत्तर हुँदै लमही, रिहार हुँदै राप्तीपारिको क्षेत्रको किनार हुँदै रिङरोडले जोड्ने योजना छ । 

प्राविधिक शिक्षालय आफ्नै क्षेत्रमा स्थापना गर्ने योजना छ । राम्रो शिक्षा अध्ययनका लागि विद्यार्थीहरु अन्येत्र जाँदा यहाँको आर्थिक लगानी बाहिर गइरहेको छ । आफ्नै ठाउँमा कृषि प्राविधिक कलेजहरु स्थापना गरी युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने योजना छ । मलाई अर्को कुरा जोड्न मन लाग्यो– हाम्रो ठाउँमा सुकुम्बासी, मोही, भूमिहीनहरुको समस्या छ । उहाँहरुको समस्या समाधानका लागि उचित कदम चालिने छ । 

स्वास्थ्य क्षेत्रमा एक सय बेडको हाइवे अस्पताल बनाउने छौं । गाउँका स्वास्थ्य चौकीहरुलाई सुविधासम्पन्न बनाइने छ । विद्युत र सडक नपुगेको ठाउँमा पूर्वाधार पु¥याउने योजना छ । कोइलाबास भन्सारलाई व्यवस्थित गरी प्रदेश नं. ५ को मुख्य व्यापारिक केन्द्र पनि यसै क्षेत्रलाई बनाइने छ । खुरुरियाबाट बडहरा र वनकट्टीबाट खड्कपुर जोड्न पक्की पुलको योजना छ । अन्य खहरेखोलामा झोलुंगे पुलको योजना छ । राजमार्गलाई चौडा गरी सिक्सलेण्ड सडक बनाउने छु  । 

औद्योगिक क्षेत्रका आफ्नै समस्या छन् । ती समस्या समाधान गर्ने गरी मेरो पहल रहने छ । लगानी गर्ने सुरक्षित वातावरण सिर्जना गर्दै उत्साहितरुपमा लगानी भित्र्याउने वातावरण निर्माण गर्नेछु । पछाडि पारिएका समुदायहरुलाई राज्यको मूलधारमा ल्याउन विभिन्न कार्यक्रमहरु गर्नेछु । अपांगता भएका व्यक्ति, बृद्ध तथा ज्येष्ठ नागरिक, आदिवासी जनजातिलगायत दलित तथा अल्पसंख्यक समुदायको क्षमता अभिबृद्धि र उहाँहरुको नेतृत्व विकासका लागि काम गर्ने मेरो योजना छ । 

यहाँको चुनाव जित्ने मुख्य आधार के हो ? 

पार्टीको दृष्टिकोणको आधारमा मत केही कम हुन सक्छ । तर मेरो जनमतको आधारमा भन्ने हो भने विजय हुने आधार नै छ । एकतिर पार्टीको मत बेस हो भने अर्कोतर्फ मेरो लोकप्रियता नै आधार हो । मैले माथि पनि भनिसकेको छु । सबैको मन मस्तिष्कमा बसेको व्यक्ति हुँ । मेरो बारेमा सबैलाई थाहा छ । जुनसुकै अवस्थामा पनि आफ्नो ठाउँमा बसिरहें । जनताको सुख दुःखमा साथ दिए । म संघर्षसंग भागिनं । यहाँको सामाजिक क्षेत्रको विकासमा काम गरेको अनुभव छ । सबै पक्षसंग समन्वय गरेर अघि बढेको हुँ । अहिले पनि सबैको साथ लिएर अघि बढ्ने इच्छा छ । सबैको साथ सहयोग मलाई हुने नै छ । मलाई जनताको साथ छ । उहाँको प्रेरणाको आधारमा म चुनावमा उठेको हुँ । 

अन्त्यमा हामी सोध्न छुटाएका र हजुरले भन्न खोजेको केही छ कि ? 

सबै मतदातालाई उम्मेदवार छानी–छानी भोट हाल्ने अधिकार छ । यो कुनै पनि दल विशेषको व्यक्ति हो भनेर संकुचितरुपमा नहेरी हामी उम्मेदवारहरुको क्षमता पहिचान गरेर मतदान गरेर विजय बनाउन अपिल गर्दछु । मेरो चुनाव चिन्ह गिलासमा मतदान गरी विजय बनाउन पुनः आग्रह गर्दछु । निर्वाचन क्षेत्र बाहिर रहनुभएका महानुभावहरुलाई पनि आफ्ना इष्टमित्र, शुभेच्छुकमार्फत निर्वाचनमा मलाई मतदान गरी विजय बनाउन अपिल गर्दछु ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!