2026-10-29 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा निर्वाचन विरोधी बाह्र जना पक्राउ, शिक्षिकाको पनि संलग्नता

इलाम, १५ मंसिर (रासस) : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् । 

यस्तै पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् । 

पक्राउ परेका व्यक्तिविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचन विरोधी गतिविधिमा लागेको पाइएकाले मुद्दा चलाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम