२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टोखा-छहरे-त्रिशूली-केरुङ सडक मार्ग विकासको प्रतिबद्धता

२०७४, १५ मंसिर शुक्रबार ०७:२७

मङ्सिर १५, काठमाडौँ  । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले टोखा–छहरे–त्रिशूली–केरुङ सडक मार्गको परिकल्पनालाई मूर्तरुप दिनेसहित आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । 

नेपाल–चीन सम्बन्ध र समृद्धिको आधारका रुपमा उक्त सडक मार्ग विकासमा विगतमा आफूहरुले प्रयास गरेको पहललाई पूरा गर्ने अठोट महासचिव पोखरेलको छ । वाम गठबन्धनका उम्मेदवार पोखरेलले बूढानीलकण्ठ– डाडाँगाउँ– गुर्जेभञ्ज्याङ– सडक र बूढानीलकण्ठ– ५ डाडाँगाउँ र टोखा–१ झोर जोड्ने पक्की पुल निर्माणको कामलाई पनि प्राथमिकताका साथ सम्पन्न गरिने बताउनुभएको छ । 

“हामीले अठोट गरेका कामहरु पूरा गरेरै छाड्छौँँ ।” महासचिव पोखरेलले रासससँग भन्नुभयो, “मुलुकको स्थिरता र समृद्धिको योजना र सपना हामीसँग छ, जनताले जिताएपछि काम गरेर देखाउनेछौँ ।” 

सो क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयबीच समन्वय गरी जेहेन्दार, विपन्न तथा दलित र पिछडिएको समुदायका विद्यार्थीलाई लक्ष्य गरी ‘विशेष छात्रवृत्ति’ को व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धतामा उल्लेख छ । 

बूढानीलकण्ठमा स्नातकोत्तर तहसम्म अध्ययनको प्रबन्ध मिलाउन पहल गरिने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई रोजगारीसँग जोडी युवाको लागि विशेष कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतसँग प्रतिस्पर्धामा रहनुभएका पोखरेलले सो क्षेत्रलाई ‘अस्पताल हब’ बनाउने, स्वास्स्थ्य वीमा लागू गर्ने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ र ‘स्वर सम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण गर्ने उद्घोष गर्नुभएको छ । 

लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको विशालनगर–हाँडीगाउँको विकासलाई विशेष जोड दिने, शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोन, वर्षात्को पानी संकलन तथा शुद्धीकरण केन्द्र खोलिने उल्लेख छ । 

‘भ्यू टावर निर्माणजस्ता पूर्वाधारको विकास गरेर विशेषतः केबुलकारको माध्यमबाट नमूना गन्तव्यका रूपमा प्रवद्र्धन गरिनुका साथै, रानीबारी वन, टोखा वनभोज स्थललगायतका वन र पार्कको विकासलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाइने छ ।’ प्रतिबद्धतापत्रमा भनिएको छ, “हरेक वडामा नमूना सहकारी, मनोरञ्जनस्थल, पार्क, वाचनालय, व्यायामशाला र क्लबको विकासका साथै प्राकृतिक विपत्तिको बेलामा उपयोग हुने खुल्ला क्षेत्रको व्यवस्थापनमा योजनाबद्ध प्रयास गरिने छ ।” 

यस्तै भूतखेल चौरमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण गर्ने, विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्य व्यवस्थित गरिने गठबन्धनको प्रतिबद्धता छ । 

सो निर्वाचन क्षेत्रको उत्तरी भेगमा अर्गानिकखेतीको लागि आवश्यक आधार निर्माण गरी किसानलाई विशेष प्रोत्साहन गरिने र विष्णुमति, इच्छुमति, सामाखुशीलगायतका नदीको स्वच्छता र सौन्दर्यको लागि व्यवस्थित पहल अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ । 

महासचिव पोखरेलले आज बिहान चुनावी कार्यक्रमअन्तर्गत धनेश्वर र टोखामा घरदैलो गर्नुभयो । सो क्षेत्रमा गठबन्धनबाट प्रदेशसभा ‘क’ नारायण सिलवाल र प्रदेश ‘ख’ मा दीपक निरौला उम्मेदवार हुनुहुन्छ ।   प्रकाश सिलवाल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल