मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/>
२०८२, ३० चैत्र सोमबार
पर्बत - PBT

अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

२०७४, १५ मंसिर शुक्रबार १४:०५

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार वनाउने, सुत्केरी भत्ता देखि किरिया खर्च वापतको भत्ता पनि काँग्रेसको सरकारले दिने जोशीले वताउनुभएको छ । एकपटक काँग्रेसको घोषणापत्र अध्ययन गर्न उहाँले मतदातालाई आव्हान पनि गर्नुभयो ।

उहाँले काँग्रेसको प्रतिस्पर्धा कुनै दल संग नभएर जनताको घरमा रहेको गरिवी संग रहेको चर्चा गर्नुभयो । जनतालाई धनी वनाउने वारेमा मात्र काँग्रेसको ध्यान रहेको उहाँको भनाई छ । उहाँले पर्वत जिल्लामा आफुले शुरु गरेका विकासका कार्यहरु पुरा गर्ने र पर्वतलाई समृद्ध जिल्ला वनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


आफु जित्दा जनताले जित्ने तर विपक्षीले जित्दा जनता हार्ने उहाँले वताउनुभएको छ । व्याक्तिगत स्वार्थलाई महत्व नदिएर आफ्ना वुवा अमृतप्रसाद जोशीले गरेको सामाजिक सहयोगको आफुले संधै अनुकरण गरिरहेको वताउँदै नेता जोशीले मतदाताहरुलाई कुनै द्धिविधा नराखी रुखमा मतदान गर्न आग्रह गर्नुभयो ।


प्रदेशसभा क का उम्मेदवार नवराज गुरुङले जिल्लाको समग्र विकास, जनताको आर्थिक समृद्धि, देशको राजनीतिक संकट समाधान र परिवर्तनलाई संस्थागत गर्न रुखमा मतदान गर्नुपर्ने वताउनुभयो । गुरुङले आफ्नो उदेश्य भनेको जिल्लावासीहरुको सेवा गर्ने रहेको वताउँदै यसपालीको चुनावमा विजयी गराएर जनताको सेवक वन्ने मौका दिन देउपुरवासीहरुलाई अनुरोध गर्नुभयो ।


देशले शान्तिको सास फेर्न नपाउने अवस्था नआओस र देशले अव निकास पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको औल्यानुभएको छ । 


कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,पूर्व महासमिति सदस्य वलभद्र शर्मा, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र तिमिल्सीना राप्रपा देउपुरका अध्यक्ष चन्द्रवहादुर हमाल लगायतले बोल्दै लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल