मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

१५ मंसिर २०७४, शुक्रबार १४:०५

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार वनाउने, सुत्केरी भत्ता देखि किरिया खर्च वापतको भत्ता पनि काँग्रेसको सरकारले दिने जोशीले वताउनुभएको छ । एकपटक काँग्रेसको घोषणापत्र अध्ययन गर्न उहाँले मतदातालाई आव्हान पनि गर्नुभयो ।

उहाँले काँग्रेसको प्रतिस्पर्धा कुनै दल संग नभएर जनताको घरमा रहेको गरिवी संग रहेको चर्चा गर्नुभयो । जनतालाई धनी वनाउने वारेमा मात्र काँग्रेसको ध्यान रहेको उहाँको भनाई छ । उहाँले पर्वत जिल्लामा आफुले शुरु गरेका विकासका कार्यहरु पुरा गर्ने र पर्वतलाई समृद्ध जिल्ला वनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


आफु जित्दा जनताले जित्ने तर विपक्षीले जित्दा जनता हार्ने उहाँले वताउनुभएको छ । व्याक्तिगत स्वार्थलाई महत्व नदिएर आफ्ना वुवा अमृतप्रसाद जोशीले गरेको सामाजिक सहयोगको आफुले संधै अनुकरण गरिरहेको वताउँदै नेता जोशीले मतदाताहरुलाई कुनै द्धिविधा नराखी रुखमा मतदान गर्न आग्रह गर्नुभयो ।


प्रदेशसभा क का उम्मेदवार नवराज गुरुङले जिल्लाको समग्र विकास, जनताको आर्थिक समृद्धि, देशको राजनीतिक संकट समाधान र परिवर्तनलाई संस्थागत गर्न रुखमा मतदान गर्नुपर्ने वताउनुभयो । गुरुङले आफ्नो उदेश्य भनेको जिल्लावासीहरुको सेवा गर्ने रहेको वताउँदै यसपालीको चुनावमा विजयी गराएर जनताको सेवक वन्ने मौका दिन देउपुरवासीहरुलाई अनुरोध गर्नुभयो ।


देशले शान्तिको सास फेर्न नपाउने अवस्था नआओस र देशले अव निकास पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको औल्यानुभएको छ । 


कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,पूर्व महासमिति सदस्य वलभद्र शर्मा, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र तिमिल्सीना राप्रपा देउपुरका अध्यक्ष चन्द्रवहादुर हमाल लगायतले बोल्दै लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु