प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्र"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्यूनिष्ट शासन आए ‘राणाशासन भन्दा भयानक’ हुनेः प्रधानमन्त्री देउवा

१५ मंसिर २०७४, शुक्रबार १५:००

प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्रेसले डोटीको आज बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

संविधान सभाले जारी गरेको संबिधान लोकतान्त्रिक रहेको कम्यूनिष्टहरुलाई चित्त नबुझेको बताउदै प्रधानमन्त्री देउवाले त्यसैले संविधानको ब्यबस्थालाई परिवर्तन गर्दै कम्यूनिष्ट अधिनायकत्वका लागि बामगठबन्धन भएको दाबी गर्नुभयो ।

त्यसैले कम्यूनिष्ट शासन आईहाले जनताले फेरी अर्को संघर्ष गर्नुपर्ने बताउनुभयो । अर्को संघर्ष गर्न नपर्ने ब्यबस्था स्थापनाका लागि यसपटकको निर्वाचनमा कांग्रेस जित्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।

संविधान असफल पार्न बामगठबन्धन भएको समेत दाबी गर्नु भयो ।नेपाली जनता सचेत र लोकतन्त्रप्रेमी रहेकाले अहिले लोकतन्त्रको जीत हुनेमा आफु बिश्वस्त रहेको उहाले प्रष्ट्याउनुभयो । अब चुनावपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने उहाले दाबी गर्नुभयो ।

समग्र सुदूरपश्चिमको बिकास आफ्नो काँधमा रहेको बताउदै प्रधानमन्त्री देउवाले त्यहाँका सबै बिकास योजनाहरुको निर्माण कांग्रेसको अबको बाटो रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आजै डोटीको सायल गाउँपालिकामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभएको छ ।

ती सभाहरुमा डोटीबाट प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु मन्त्री रहदै गर्दा डोटीका तत्काल आबश्यक सबै सडक अघि बढ्ने दाबी गर्नुभयो ।

ती सडकहरुको निर्माण सम्पन्न भए २५–३० वर्ष थप सडक योजना आबश्यक नै नपर्ने उहाँको दाबी थियो ।

त्यस्तै आज अछाममा पनि नेपालि कांगे्रसको बृहत आम सभालाई प्रधानमन्त्रि देउवाले सम्बोधन गर्नु भएको थियो । आज नै गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु