प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्र"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्यूनिष्ट शासन आए ‘राणाशासन भन्दा भयानक’ हुनेः प्रधानमन्त्री देउवा

२०७४, १५ मंसिर शुक्रबार १५:००

प्रकाश बम | मङ्सिर १५, डोटी | प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कम्यूनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक’ हुने बताउनु भएको छ । नेपाली कांग्रेसले डोटीको आज बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

संविधान सभाले जारी गरेको संबिधान लोकतान्त्रिक रहेको कम्यूनिष्टहरुलाई चित्त नबुझेको बताउदै प्रधानमन्त्री देउवाले त्यसैले संविधानको ब्यबस्थालाई परिवर्तन गर्दै कम्यूनिष्ट अधिनायकत्वका लागि बामगठबन्धन भएको दाबी गर्नुभयो ।

त्यसैले कम्यूनिष्ट शासन आईहाले जनताले फेरी अर्को संघर्ष गर्नुपर्ने बताउनुभयो । अर्को संघर्ष गर्न नपर्ने ब्यबस्था स्थापनाका लागि यसपटकको निर्वाचनमा कांग्रेस जित्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।

संविधान असफल पार्न बामगठबन्धन भएको समेत दाबी गर्नु भयो ।नेपाली जनता सचेत र लोकतन्त्रप्रेमी रहेकाले अहिले लोकतन्त्रको जीत हुनेमा आफु बिश्वस्त रहेको उहाले प्रष्ट्याउनुभयो । अब चुनावपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने उहाले दाबी गर्नुभयो ।

समग्र सुदूरपश्चिमको बिकास आफ्नो काँधमा रहेको बताउदै प्रधानमन्त्री देउवाले त्यहाँका सबै बिकास योजनाहरुको निर्माण कांग्रेसको अबको बाटो रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आजै डोटीको सायल गाउँपालिकामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभएको छ ।

ती सभाहरुमा डोटीबाट प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले आफु मन्त्री रहदै गर्दा डोटीका तत्काल आबश्यक सबै सडक अघि बढ्ने दाबी गर्नुभयो ।

ती सडकहरुको निर्माण सम्पन्न भए २५–३० वर्ष थप सडक योजना आबश्यक नै नपर्ने उहाँको दाबी थियो ।

त्यस्तै आज अछाममा पनि नेपालि कांगे्रसको बृहत आम सभालाई प्रधानमन्त्रि देउवाले सम्बोधन गर्नु भएको थियो । आज नै गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा