१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आचारसंहिताको धज्जी उडाउदै नेता अधिकारी

१५ मंसिर २०७४, शुक्रबार १५:५१

नवलपरासी संवाददाता | मङ्सिर १५, परासी | प्रदेश नं. ५ नवलपरासी निर्वाचन क्षेत्र नं.१  को प्रदेश सभा एकमा नेकपा एमालेबाट उमेदवारी दिएका दिपेन्द्र अधिकारीले विद्यालय (मदरसा) क्षेत्रमा राजनीतिक कार्यक्रम गरी आचार संहिता उलंघन गरेका छन्  । 

निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रचारप्रसारसँग सम्बन्धित कार्यक्रम आयोजना गर्न आचार संहिता सार्वजनिक गरेपनि एमालेबाट उमेदवारी दिएका अधिकारीले शुक्रबार सरावल गाउँपालिका वडा नं.४ को एक मदरसा भित्र भाषण गरी आचार संहिताको धज्जी उडाएका हुन्  । निर्वाचन आचारसंहिता, २०७२ को तेस्रो संसोधन २०७४ मा आचार संहिता परिच्छेद एकको ५ नम्बर बुँदा बिषयगत आचरण अन्तर्गत १० नम्बर बुँदामा कुनैपनि प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म गर्न उल्लेख रहेपनि उमेदवार अधिकारीले त्यस्को ठाडै उलंघन गरेका हुन् । 


प्रदेश सभा सदस्यका उमेदवार अधिकारीले राती ८ बजेपछि प्रचारप्रसार कार्यक्रममा भाषण गरेका हुन् । यस्तै निर्वाचन आचार संहिताको परिच्छेद २ को ४ नम्बर बुँदाको ज मा कुनै मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचन सम्बन्धि प्रचार प्रसार गर्न वा गराउन नहुने उल्लेख रहेको छ । तर नेता अधिकारीले मदरसा र मस्जिद रहेको ठाँउमै गएर कार्यक्रममा सहभागी भएका हुन् ।

मौन छन् सरोकारवाला निकाय

साझा सबालको कार्यालयले यस बारे मुख्य निर्वाचन अधिकृतको कार्यलयले खटाएको अचार संहिता अुनगमनकर्ता काशीराम ज्ञवालीलाई फोन सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन खोजेका छैनन् भने नवलपरासीका मुख्य निर्वाचन अधिकृत माध्वेन्द्रराज रेग्मी र निर्वाचन अधिकारी दिपक पौडेलको पनि फोन रिसिभ भएको छैन । यद्धपी यस बारे नवलपरासीका सहायक निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले साँझ ७ बजेपछिको प्रचारप्रसारको कार्यक्रम अचार संहिता उलंघन गर्ने बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु